Logo

कुमारीको नाफा ६ करोड बढ्यो, व्याज आम्दानीमा बृद्धि

कुमारीको नाफा ६ करोड बढ्यो, व्याज आम्दानीमा बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

४ जेठ, काठमाडौं । कुमारी बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा आफ्नो नाफामा ६ करोड रुपैयाँ बृद्धि गरेको छ । बैंकले सो अवधिमा २५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

बैंकले सो अवधिमा व्याज आम्दानीमा बृद्धि गरेको छ । गत आवको सो अवधिमा बैंकले कुल ५८ करोड ७१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा चालू आवको सो अवधिमा ६७ करोड रुपैयाँ पुर्याएको छ । सो अवधिमा बैंकको कर्जा निक्षेप अनुपात पनि बढेको छ ।
बैंकको खराव कर्जा अनुपात भने सामान्य बढेको छ । गत आवको सो अवधिमा बैंकको खराव कर्जा कुल कर्जाको ३ दशमलव ६९ प्रतिशत रहेकोमा चालू आवमा आइपुग्दा ३ दशमलव ९८ प्रतिशत पुगेको छ ।

हालसम्म बैंकलले ३१ अर्व २२ करोड रुपैयाँ निक्षेप संकलन गरी २६ अर्व ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL