Logo

राष्ट्र बैंकले निर्धारण गर्यो मोबाइल बैंकिङ र इ-पेमेन्टको सीमा, यस्ता छन नयाँ प्राबधान

राष्ट्र बैंकले निर्धारण गर्यो मोबाइल बैंकिङ र इ-पेमेन्टको सीमा, यस्ता छन नयाँ प्राबधान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ सिमा १० हजार रुपैयाँमा सिमित गरेको छ । राष्ट्र बैंकले विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धी निर्देशनको मस्यौदा जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सो मस्यौदा सुझावका लागि १५ दिनको समय दिँदै आफ्नो वेवसाइटमा राखेको छ । साथै सम्बन्धित सराकारवाला निकायको सुझाव अनुरुप आवश्यक हेरफेर समेत गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । तर, मासिक रुपमा भने ५० हजार रुपैयाँसम्म कारोबार गर्न पाइने छ ।

यसैगरी इन्टरनेट बैंकिङबाट भने दैनिक १ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइने छ । यसको मासिक सीमा भने ५ लाख रुपैयाँसम्म तोकिएको छ । यसैगरी इन्टरनेट बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गर्दा एक पटकमा अधिकतम १ लाख रुपैयाँ र मासिक रुपमा १० लाख रुपैयाँ मात्र कारोबार गर्न सकिनेछ ।

नयाँ मस्यौदा अनुसार क्रेडिट कार्डबाट नगद कारोवार गर्न पाइने छैन । तर, ग्राहकलाई नगद अत्यावश्यक भएको अवस्थामा क्रेडिट कार्डको स्वीकृत सीमाको अधिकतम २० प्रतिशतसम्म झिक्न पाईनेछ । तर, कार्डबाट नगद कारोवार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहँुदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बंैकमा जम्मा गरी समयावधि अगावैपुनः नगद झिक्न पाइनेछैन ।

प्रिपेड कार्ड जारी गर्दा एक पटकमा अधिकतम १ लाख रुपैयाँसम्म झिक्न पाइनेछ । प्रिपेड कार्डबाट नगद झिक्दा प्रति कारोवार न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम ५ हजार रुपैयाँसम्म र प्रति महिना अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न सकिनेछ ।

डेबिट कार्डबाट नगद कारोवार गर्दा न्यूनतम प्रति कारोवार ५ सय देखि अधिकतम २५ हजार रुपैयाँसम्म झिक्न पाइनेछ । तर, यस्तो कारोवार प्रति दिन ४ वटा कारोबार गरी १ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । तर, बंैक तथा वित्तीय संस्थाहरुले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा घटाउन सकिने मस्यौदामा उल्लेख छ ।

यसैगरी भुक्तानी सेवा प्रदायकबाट सञ्चालित इवालेट वा डिजिटल वालेट सञ्चालन गर्ने संस्थाको एजेन्ट वा सवएजेन्टमार्फत वालेटमा एक पटकमा ५ हजार रुपैयाँ नगद जम्मा गर्न सकिन्छ । दैनिक अधिकतम १५ हजार रुपैयाँ मात्र जम्मा गर्न सकिन्छ भने मासिक सीमा २५ हजार रुपैयाँ तोकिकएको छ । तर सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क तस्ता शुल्कहरु बिलमा भएको रकम बराबर भुक्तानी गर्न मिल्नेछ । यो ब्यवस्था नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरु, खानेपानी सेवा, शिक्षण संस्था, अस्पतालमा पनि विल अनुसारको रकम भुक्तानी गर्न सकिन्छ ।

भुक्तानी सेवा दिनेहरुले सञ्चालन गरेको एटिएमजस्ता उपकरणबाट बस्तु तथा सेवाको बिल भुक्तानी गर्दा प्रति कारोबार १ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म गर्न सकिने छ । तर, प्रति दिन १५ हजार रुपैयाँसम्म मोबाइल रिचार्ज, टेलिभजिन तथा इन्टरनेट भुक्तानीका लागि टपअप गर्न सकिने मस्यौदामा उल्लेख छ ।

रेमिटेन्समा भुक्तानी रकमको सीमा २ लाख रुपैयाँबाट १ लाख रुपैयाँमा सिमित गरिएको छ । सोभन्दा बढी रकम बैंक खाताबाट मात्रै झिक्न सकिनेछ ।

यस्तै बैंकमा रहेको खाताबाट वालेटमा तथा वालेटबाट वालेटमा एक पटकमा ५ हजार रुपैयाँसम्म सार्न सकिन्छ । दैनिक सीमा भने १५ हजार तोकिएको छ । तर, बैंकहरुले नै चलाएको वालेटमा भने सोही दिन भुक्तानी गर्ने सर्तमा एक पटकमा ५० हजार रुपैयाँसम्म सार्न सकिन्छ ।

विद्युतीय खातामा रकम जम्मा र खर्च गर्ने सीमा सम्बन्धी मस्यौदाको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस्
MBL