Logo

एनएमबी बैंकको चाडपर्व अफर, ईभी गाडी किन्न चाहनेलाई ७.१३ प्रतिशत ब्याजदरमै कर्जा

एनएमबी बैंकको चाडपर्व अफर, ईभी गाडी किन्न चाहनेलाई ७.१३ प्रतिशत ब्याजदरमै कर्जा



काठमाडौं । एनएमबि बैंकले नाडा अटो शो २०२५ र आउँदै गरेका चाडपर्वलाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले वार्षिक ७=१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन कर्जा उपलब्ध गराउने भएको हो ।

बैंकका अनुसार ग्राहकलाई सजिलै गाडी खरिद गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सीमित अवधिका लागि यो योजना ल्याइएको हो । साथै आवेदन प्रक्रिया पनि छिटो, सहज र लचिलो बनाइएको जनाएको छ ।

यो अफरमार्फत वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै दिगो तथा हरित भविष्य निर्माणमा टेवा पुर्‍याउने लक्ष्य बैंकले राखेको छ ।

कर्जा योजनाबारे थप जानकारी लिन इच्छुक ग्राहकले भृकुटीमण्डपमा जारी नाडा अटो शोको स्टल नं.ई–२४ मा वा नजिकको एनएमबि शाखामा सम्पर्क गर्न सक्नेछन् । अटो शोमा बैंकका प्रतिनिधिहरूले संभावित ग्राहकलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउनेछन् ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This