Logo

रुंग्ण चार उद्योगको सम्पत्ति मुल्यांकन गरिँदै, सर्टलिस्ट सार्वजनिक

रुंग्ण चार उद्योगको सम्पत्ति मुल्यांकन गरिँदै, सर्टलिस्ट सार्वजनिक



काठमाडौं । अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार उद्योगको सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, ओरिन्ड म्याग्नेसाइट र नेपाल मेटल कम्पनीका लागि परामर्शदाताको सर्टलिस्ट तयार पारेको जनाएको छ।

सूचना अनुसार, ओरिन्ड म्याग्नेसाइट, नेपाल मेटल कम्पनी र बुटवल धागो कारखानाका लागि १२ परामर्शदाता तथा जनकपुर चुरोट कारखानाका लागि ८ परामर्शदाता सर्टलिस्ट गरिएको छ।

सरकारले चालु आर्थिक वर्षमा यी उद्योगहरूको सम्पत्ति व्यवस्थापन गर्ने नीति अवलम्बन गरेको छ। यसैक्रममा, मन्त्रालयले यसअघि नै सम्पत्ति मूल्यांकनका लागि परामर्शदाता माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्