Logo

सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?

सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिद्धार्थ बैंकको वितरणयोग्य नाफामा आकर्षक वृद्धि भएको छ । यस अवधिमा वितरणयोग्य नाफा २२०.९७ प्रतिशतले बढेर १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको वितरणयोग्य नाफा ५८ करोड ३ लाख रुपैयाँ थियो । यता, बैंकको खुद नाफा भने १०.२४ प्रतिशतले बढेर ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै यसको नाफा पनि बढेको हो । यसको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ५ अर्ब २ करोड रुपैयाँ गरेको छ । चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ छ । जगेडा कोषमा १५ अर्ब रुपैयाँ छ ।

आरओई ११.५० प्रतिशत छ । खराब कर्जा २.६२ प्रतिशतमा आएको छ । एक वर्षको अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ २४ पैसाले बढेर २४ रुपैयाँ १० पैसा पुगेको छ । २०८१ को असारमा यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८६ पैसा थियो ।

प्रतिक्रिया दिनुहोस्