काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकलइनोभेसन अवार्ड २०२५ माविजनेस मोडल इनोभेसन विधाअन्तर्गत प्लाटिनम अवार्डबाट सम्मानित भएको छ ।
बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेवापत उक्त पुरस्कार प्राप्त गरेको हो ।
इन्फोसिस फिनाकलद्धारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकलइनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा ३ सय भन्दा बढी मनोनयनहरू भएका थिए । इन्फोसिस फिनाकलइनोभेसन अवार्ड हरेक वर्ष बैंकिङ् क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहितगर्ने उद्देश्यले प्रदान गरिन्छ ।
माछापुच्छ्रे बैंकले बैंकिङ् सेवामा नवीनतम प्रविधिहरूको प्रभावकारी प्रयोग गरी ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवाउपलब्ध गराउँदै आइरहेको छ । डिजिटल बैंकिङ, शाखारहित सेवा पहुँच, मोबाइल बैंकिङ् नविनतम साइबर सुरक्षा मापदण्डको अवलम्बनजस्ता क्षेत्रमा बैंकले गरेको लगानीको फलस्वरुप बैंकले उक्त अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको हो ।
माछापुच्छ्रे बैंकले विगत २५ वर्षदेखि देशभर वित्तीय पहुँच विस्तार गर्दै सरल र सहज बैंकिङ् सेवा प्रदान गर्दै आएको छ । हाल देशभर १ सय ६५ शाखा, २ सय ३ एटीएम, तथा थुप्रै डिजिटल सेवा मार्फत आफ्ना ग्राहकलाई अन्तराष्ट्र्रिय स्तरको बैंकिङ सेवा प्रदान गरिरहेको छ ।