Logo

माघमै १ खर्ब ६ अर्ब रेमिट्यान्स भित्रियो, गत बर्षभन्दा २१ प्रतिशतले बढ्यो

माघमै १ खर्ब ६ अर्ब रेमिट्यान्स भित्रियो, गत बर्षभन्दा २१ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको माघ महिनामा मात्रै नेपालमा १ खर्ब ६ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको चालु आवको माघसम्मको तथ्यांक अनुसार माघमा उक्त रेमिट्यान्स भित्रिएको हो ।

laxmi

चालु आवको पुससम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्र्याएको नेपालले माघसम्म आईपुग्दा यस्तो रेमिट्यान्स ८ खर्ब ३९ अर्ब रुपैयाँ पुर्याएको हो । यो रकम गत आर्थिक बर्षको माघ महिनासम्मको तुलनामा २१.६ प्रतिशतले बढी हो । गत बर्ष यहि अवधिमा यसतो विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स बढिरहँदा यता विदेश जाने नेपालीको संख्यामा पनि वृद्धि भईरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार चालु आवको माघ महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ४७ हजार ०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७ सय ६७ र १ लाख ६७ हजार ७ सय ८ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL