Logo

लक्ष्य अनुसार बढ्न सकेन कर्जा, पाँच महिनामा २५ प्रतिशत मात्र प्रवाह

लक्ष्य अनुसार बढ्न सकेन कर्जा, पाँच महिनामा २५ प्रतिशत मात्र प्रवाह



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राखेको लक्ष्य अनुसार कर्जा प्रवाह हुन नसकिएको देखिएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनासम्मको तथ्यांक अनुसार बैंक वित्तीय क्षेत्रबाछ जम्मा २.३ प्रतिशत मात्र कर्जा लगानी भएको छ ।

laxmi

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ११.०५ प्रतिशत कर्जा लगानी गर्ने लक्ष्य राखेको थियो । तर, चालु आर्थिक वर्षको पाँच महिना वितिसक्दा पनि केन्द्रिय बैंकले राखेको लक्ष्यको साढे २५ प्रतिशत मात्र कर्जा लगानी भएको हो । मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब १० अर्ब ६ करोड रुपैयाँ बराबरको कर्जा लगानी भएको छ ।

मंसिर महिनासम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २।३ प्रतिशतले, विकास बैंकहरुको २।२ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL