Logo

मौद्रिक नीतिको समीक्षापछि ब्याजदर घटाउँदै बैंक, चारले घटाए, बाँकी पनि घटाउने गृहकार्यमा

मौद्रिक नीतिको समीक्षापछि ब्याजदर घटाउँदै बैंक, चारले घटाए, बाँकी पनि घटाउने गृहकार्यमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति समिक्षा पछि बैंकहरुले धमाधम मुद्दती निक्षेपको ब्याजदर घटाउन थालेको छन । मंसिर २६ गतेसम्म ४ बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाइसेका छन । यसरी बैंकहरुले निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्ने छ । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ४ प्रतिशतभन्दा धेरै हुन नपाउने व्यवस्था गरेको छ । यसकारण बैंकको निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याजदर पनि घट्दै जानेछ ।

laxmi

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेपश्चात एनएमबी बैंकले मंसिर २५ गतेदेखी नै लागु हुनेगरी ब्याज घटाएको तथ्यांक सार्वजनिक गरेको छ । एनएमबी बैंकले अब अधिकतम ९ प्रतिशत ब्याज दिने भएको छ । बैंकले १० वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो ब्याज दिने जनाएको छ । यसअघि बैंकको अधिकतम ब्याजदर ९.७६ प्रतिशत थियो । यसैगरी, बैंकको न्यूनतम ब्याजदर ७ प्रतिशतमा झरेको छ । बैंकले ३ देखि ६ महिना अवधिको मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिने भएको हो । संस्थागततर्फ भने बैंकको अधिकतम ब्याजदर ७ प्रतिशतमा झरेको छ ।

यसैगरी, एनआईसी एसिया बैंकले पुस महिनाको लागि निक्षेपको ब्याजदर घटाएको छ । बैंकले पुस महिनाको लागि व्यक्तिगत मुद्दती खातामा ८ प्रतिशत मात्र ब्याज दिने भएको छ । यसैगरी, बैंकले पुस महिनाको लागि संस्थागत निक्षेपकर्तालाई ६ प्रतिशत मात्र ब्याज दिने जानकारी दिएको छ । मंसिरमा यस बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ८.९६ प्रतिशत थियो भने, संस्थागततर्फ ६.६९ प्रतिशत रहेको थियो ।

कुमारी बैंकले पनि मंसिर महिनाको तुलनामा पुस महिनाको लागि निक्षेप ब्याज घटाउने भएको छ । यस बैंकले पुस महिनाको लागि ब्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.६१ प्रतिशत तोकेको छ भने संस्थागत निक्षेपतर्फ ७.६१ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । बैंकले मंसिर महिनामा ब्यक्तिगत मुद्दती निक्षेपमा १०.०१ प्रतिशत र संस्थागत निक्षेपमा ८.०१ प्रतिशत ब्याज दिएको थियो ।

यसैगरी, माछापुच्छ्रे बैंकले पनि मङ्सिर २६ गतेदेखि लागू हुने गरी निक्षपको ब्याज घटाएको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.६० प्रतिशतदेखि अधिकतम ७.६० प्रतिशतसम्म प्रदान गर्ने भएको छ । यसअघि न्यूनतम ५।.०३ प्रतिशतदेखि अधिकतम ८.६०३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.६० प्रतिशतसम्म र व्यक्तिगततर्फ ९.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको हो ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ । यसकारण बैंकहरुलाई ब्याजदर घटाउन दवाब परेपछि धमाधम ब्याजदर घटाईरहेका छन ।

यसैगरी, पछिल्लो समय बैंकिङ क्षेत्रले कर्जा लगानी गर्न नसक्दा अधिक तरलताको अवस्था सिर्जना भएको छ । बैकिङ क्षेत्रमा तरलता बढी हुँदा बैंकहरुले महँगो ब्याज तिरेर निक्षेप संकलन गरि सस्तो ब्याजमा राष्ट्र बैंकमा पैसा राख्नुपर्ने अवस्था छ । यसकारण पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाउन थालेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL