Logo

हिमालयन बैंकको सेयर बिक्रीमा गभर्नरले भने–कति थेग्न सक्छु थाहा छैन तर स्वार्थ बाझिने गरी हिमालयन–रिलाई सेयर किन्न दिदैनौं

हिमालयन बैंकको सेयर बिक्रीमा गभर्नरले भने–कति थेग्न सक्छु थाहा छैन तर स्वार्थ बाझिने गरी हिमालयन–रिलाई सेयर किन्न दिदैनौं



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंकको सेयर नेपाली व्यवसायीक घरानालाई खरिद गर्न नदिने बताएका छन । अर्थ समितिका सांसदहरूको प्रश्नमाथि जवाफ दिँदै उनले उद्योगी व्यवसायीलाई हिमालयन बैंकको सेयर खरिद गर्न नदिने बताएका हुन् ।

laxmi

समितिमा सांसद डा. स्वर्णिम वाग्लेले हिमालयन बैकको सेयरमा शंकर ग्रूपको बढी लगानी रहेको हिमालयन रि–ईन्स्योरेनसले खरिद गर्न लागेको र एकै घरानालाई बैंक वित्त क्षेत्रका सबैको लाईसेन्स दिँदा कन्फ्ल्क्टि अफ इन्ट्रेस्ट बढ्ने भन्दै सजक रहन आग्रह गरेका थिए । गभर्नर अधिकारीले उक्त प्रश्नको जवाफ दिँदै राष्ट्र बैंकमा हिमालयन बैंकको विदेशी लगानीकर्ताको सेयर खरिद विक्रीको जानकारी राष्ट्र बैंकमा आएको छैन तर हामी सकभर व्यवसायीलाई बैंकको सेयर खरिद गर्न दिँदैनौ।

‘२०७१ सालमा म डेपुटी गभर्नर हुँदा नै बैंकर र व्यवसायी छुट्याउने उद्देश्यले ड्राफ्ट बनाएका थियौँ तर कार्यान्वयनमा आउन सकेन,’ उनले भने, ‘राष्ट्र बैंकले उद्योगी व्यवसायीलाई दिएको लाईसेन्स खारेज गर्न त सक्दैनौं तर ढुक्क हुनुस उद्योगी व्यवसायीलाई खरिद गर्न दिँदैनौं तर अहिले वातावरण यस्तै छ कतिसम्म थेग्न सक्छु हेरौं ।’

उनले अर्थ समितिमा यदि ठुलो दबाब नआएमा एउटै घरानाको स्वार्थ बाझिने गरी शंकर ग्रूपलगायत उद्योगी व्यवसायीको लगानी रहेको हिमालयन–रि लाई हिमालयन बैंकको सेयर खरिद गर्न नदिने संकेत गरेका छन् । यसअघि एउटै व्यक्ति वा व्यवसायीक घरानालाई सबै बैंक तथा वित्तीय संस्थामा लगानी गर्न दिँदा अहिले यो अवस्था निम्तिएको भन्दै त्यस्ता विषयमा राष्ट्र बैंक चनाखो हुने बताए ।

तर, हिमालयन बैंकले भने शंकर ग्रूपलगायतको लगानी रहेको हिमालयन–रि ले हिमालयन बैंकमा हविव बैंकको सेयर खरिदबिक्रीका लागि आन्तरिक सहमति भैसकेको र अनुमतिका लागि राष्ट्र बैंकमा फाइल पेश गरेको बताएको छ । शंकर ग्रूपले पछिल्लो समय उद्योग व्यवसायका साथै ईन्स्योरेन्स, माईक्रो इन्स्योरेन्सका साथै बैंक तथा वित्तीय संस्थामा आफ्नो लगानी विस्तार गर्दै आएको छ ।

नेपालमा संचालित धेरैजसो उद्योग व्यवसायमा एउटै घराना हाबी हुँदा यसले पछि समस्या निम्तयाउने विज्ञहरु बताउँदै आएका छन् । यस्तो अवस्था निम्तिन नदिन कटिवद्ध भएर लाग्ने गभर्नर अधिकारीले बताए । उनका अनुसार पछिल्लो समय विभिन्न निर्णय गरेको खण्डमा सरकारबाटै दबाव आउने गरेकाले यसको निर्णयमा पनि आफुलाई अप्ठ्यारो पर्नसक्नर् संकेत उनको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंक आफै पनि बैंकर र व्यवसायी छुट्याउने भन्दै लागिपरेको । यस्तै राष्ट्र बैंकले हाल विदेशी लगानी र प्रविधि भित्र्याउनुपर्ने भन्दै स्वदेशीको तुलनामा विदेशी लगानी आकर्षित गर्नेतर्फ ध्यान देखाएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL