Logo

नेको इन्सुुरेन्स २८ औं बर्षमा प्रवेश, विभिन्न कार्यक्रम गरि वार्षिकउत्सव सम्पन्न

नेको इन्सुुरेन्स २८ औं बर्षमा प्रवेश, विभिन्न कार्यक्रम गरि वार्षिकउत्सव सम्पन्न



काठमाडौं । नेको इन्सुुरेन्स कम्पनी २८औं बर्षमा प्रवेश गरेको छ । बुधबार कम्पनीले आफ्नो सेवा संचालनको सफलतापूर्वक २७ बर्ष औं वार्षिक उत्सव सम्पन्न गरेको हो ।

laxmi

विगतका बर्षहरुदेखि नै यस कम्पनीले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।

कम्पनीले सेवा संचालनको २८औं बर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम एवं बीमा सचेतनामूूलक प्रभातफेरी, कर्मचारीहरुबीच फुटबल लगायत विविध सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ ।

साथै, यसै उपलक्ष्यमा विभिन्न शाखाहरुमा समेत रक्तदान कार्यक्रम लगायत बीमा सम्बन्धी सचेतनामूूलक कार्यक्रमहरु सम्पन्न भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL