Logo

Global_Ime

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल र्यालीको आयोजना, डिबानसँग सहकार्य

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल र्यालीको आयोजना, डिबानसँग सहकार्य



काठमाडौं । यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व बातावरण दिवसको अवसर पारेर २० गते शनिवार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान)सँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको छ ।

laxmi bank orange saving
NABIL

बैंकले गत वर्ष समेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल र्याली सफलतापूर्वक सम्पन्न गरेकोमा यस वर्षसमेत अझ सशक्तपूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल ¥याली, २०८०” को आयोजना गर्न लागेको हो । “इन्धन जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरुको उत्साहजनक सहभागिता भई सम्पन्न हुनेमा बैंक विश्वस्त रहेको छ ।

साइकल र्याली जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंककै वालुवाटार स्थित केन्दि«य कार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० कि.मी.को यात्रा पश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ । यस साइकल र्यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरि प्रदुषण नियन्त्रणमा टेवा पुरयाउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । यसर्थ, यस साइकल र्यालीमा सम्पूर्ण शुभेच्छुकहरुलाई सहभागीताको निम्ति नाम दर्ता गर्न समेत आह्वान गरेको छ ।

¥यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिने बैंकले जनाएको छ । यसैगरि, र्यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ । यस साइकल र्यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc