Logo

एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न, कुमारी बैंकसँग गाभिने प्रस्ताव पारित

एनसीसी बैंकको विशेष साधारणसभा सम्पन्न, कुमारी बैंकसँग गाभिने प्रस्ताव पारित



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आइतबार सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न भएको हो । विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने (मर्ज) सम्बन्धमा समितिबाट प्रस्तुत प्रतिवेदन पारित गरेको छ ।

साथै, बिशेष प्रस्ताव अन्तर्गत नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र कुमारी बैंक लिमिटेड एक आपसमा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ताबाट प्राप्त चल-अचल सम्पत्ति तथा कारोबारको मुल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरी प्रस्ताव गरिएको शेयर स्वाप अनुपात १ः१ पारित गरेको छ ।

एक आपसमा गाभिने प्रयोजनका लागि भएको मर्जर सम्बन्धी समझदारी, संयुक्त मर्जर समिति गठन, दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न सञ्चालक समितिबाट गरिएको लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकका सम्बन्धमा भएको निर्णय अुनमोदन गरेको छ ।

एक आपसमा गाभिने सम्वन्धमा नेपाल राष्ट्र बैंक र अन्य निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशनको कार्यान्वयन गर्न तथा मर्जर सम्बन्धमा गर्नुपर्ने बाँकी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गरिएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड हाल ७ वटै प्रदेशमा गरी जम्मा १५६ शाखा, १५ एक्टेन्सन काउण्टर र १४४ एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL