Logo

प्रभु र सेञ्चुरी बैंकबीच एक्विजिसनका लागि अन्तिम सम्झौतामा हस्ताक्षर, पुस मसान्तभित्रै एकीकृत कारोबार शुरु हुने

प्रभु र सेञ्चुरी बैंकबीच एक्विजिसनका लागि अन्तिम सम्झौतामा हस्ताक्षर, पुस मसान्तभित्रै एकीकृत कारोबार शुरु हुने



काठमाडौं । अन्ततः प्रभु बैंक सेञ्चुरी कमर्सियल बैंकलाई एक्वायर (प्राप्ति) गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच दुई बैंकबीच (एक्विजिसन) का लागि अन्तिम सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिका सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्। योसँगै यी दुई बैक अब एक बन्ने भएका छन् । सम्झौताअनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको हो ।

यी दुवै बैंक एक भएपश्चात पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिए । मर्जरमा जानका लागि यी दुवै बैंकले नेपाल राष्ट्र बैंकबाट भदौ २० गते सैद्धान्तिक सहमति प्राप्त गरेका थिए ।

दुई बैंकबीच गत साउन १५ गते एक आपसमा मर्जरमा जाने सहमति भएको थियो । मर्जरपछि बन्ने बैंक संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL