Logo

प्रभु बैंकमा गाभिने भयो सेञ्चुरी कमर्सियल बैंक, यस्तो भयो स्वाप रेसियोमा सहमति

प्रभु बैंकमा गाभिने भयो सेञ्चुरी कमर्सियल बैंक, यस्तो भयो स्वाप रेसियोमा सहमति



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने भएको छ । आइतबार राती सोसम्बन्धमा सम्झौंता सम्पन्न भएको हो । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुवै बैंकका संचालकहरूले उपस्थितिमा होटल मेरियटमा प्राप्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दुबै बैंक एकपछि २२ अर्ब चुक्ता पुँजी पुग्ने छ। हाल सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गर्ने बताइएपनि स्वाप रेसियोसम्बन्धी अन्तिम टुंगो भने ड्यू डेलिजेन्स अडिट (डिडिए) मा आधारित रहेर कायम गर्ने सम्झौता भएको बताइएको छ । प्रारम्भिक सम्झौता अनुसार सात सदस्यीय सञ्चालक समितिमा ४ जना प्रभु बैंकबाट हुने छन् भने तीन जना सेञ्चुरी बैंकबाट हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL