Logo

निफ्राको चौँथो वार्षिक साधारण सभाद्वारा नगद लाभांश प्रस्ताव पारित

निफ्राको चौँथो वार्षिक साधारण सभाद्वारा नगद लाभांश प्रस्ताव पारित



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए ।

सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी,सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंक परिवारको उपस्थिती रहेको थियो ।

उक्त सभाले आर्थिक बर्ष २०७८-७९ कोे वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९-८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकको चुक्ता पूँजी रु २१ अर्ब ६० करोड को ४.२१०५५ ले हुने रकम रु ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्ताव र बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ ।

आव २०७८-७९ सम्म आईपुग्दा बैंकले रु। ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै रु १५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा बैंकले रु १ अर्व २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL