GBIME

सिभिल बैंकको १०२ औं एटीएम चितवनको सौराहामा संचालन


बिजखबर संवाददाता
1 October, 2022 11:44 am

civil_atm

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटीएम संचालनमा ल्याएको छ ।

NABIL
lAXMI_BANK

उक्त एटीएमको समुद्घाटन रत्ननगर नगरपालिका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका छन् । एटीएम संचालन सँगै त्यस क्षेत्रका सेवाग्राहीलाई आवश्यक पैसा झिक्न सहज हुने भएको छ ।

करीव आठ लाख ग्राहकहरुलाई ११५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले गत आषाढ मसान्तसम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL