Logo

नबिल बैंक २ अवार्डद्वारा सम्मानित, साना तथा मझौला उद्योगमा उल्लेख्य योगदानको कदर

नबिल बैंक २ अवार्डद्वारा सम्मानित, साना तथा मझौला उद्योगमा उल्लेख्य योगदानको कदर



काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ र ‘प्रोडक्ट इनोभेसन अफ दि इयर २०२२’ गरी दुई सम्मानित अवार्ड प्राप्त गर्न सफल भएको हो ।

अघिल्लो वर्ष पनि नबिल बैंकले ‘एसएमई फाइनान्सीयर अफ दि इयर, एसिया’ २०२१ जितेको थियो । नबिल बैंकले अघिल्लो आर्थिक वर्षमा साना तथा मझौला व्यवसाय क्षेत्रको वृद्धिमा योगदान पुर्याएको कारण आएएफसी र एसएमइ फाइनान्स फोरमद्वारा सम्मान प्राप्त गर्न सफल भएको हो । विश्व बैंक समूहको सदस्य आइएफसी र एसएमई फाइनान्स फोरमले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गर्दै आइरहेकोे छ ।

तीन दिने ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा नबिल बैंकका तर्फबाट सहभागी भएका बैंकका एसएमइ एण्ड एमएफका प्रमुख निरज कुमार बस्नेत (डनिल) ले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली बैंकलाई चिनाउन पाउनु सिङ्गो राष्ट्रका लागि गौरवको क्षण भएको बताए ।

देशको जिम्मेवार बैंक भएको कारण एसएमई बैंकिङ क्षेत्रमा थप सेवा प्रदान गर्न प्रोत्साहन मिलेको उनले बताए । अन्तर्राष्ट्रिय सहभागीहरूबाट सिकेका कुराहरू र सफलताका कथाहरूले हामीलाई आगामी दिनमा अवसरहरू सिर्जना गर्न बाटो देखाएको उनको भनाई छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले एसएमईको लागि लगानी कोष बढाउँदै जाने बताए । उनले भने, “एसएमई क्षेत्र अर्थतन्त्रका लागि निकै महत्वपुर्ण रहेकोले, अहिले देश तरलताको समस्यासँग लडि रहदा पनि एसएमई क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउदै लानु नबिल बैंकको प्रमुख प्राथमिकता मध्ये एक रहेको छ ।” नवौँ ग्लोवल फाइनान्स फोरम असोज ३ गतेदेखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१) सम्म कम्बोडियाको नोप पेन्हमा आयोजना भएको थियो । यस फोरममा ५० देशका ४०० भन्दा बढीको सहभागिता थियो ।

विश्व अर्थतन्त्रको मेरूदण्ड मानिएको एसएमइमा केन्द्रित रही तीन दिनसम्म चलेको सम्मेलनले कसरी डिजिटलाइजेसनले हरित वित्त प्रवद्र्धन, आपूर्ति श्रृङ्खला, दक्षता, डाटा सुरक्षा, स्वचालित प्रक्रियाहरू प्रवद्र्धन गर्न सकिन्छ भनेर छलफल गरेको थियो । कार्यक्रममा एसएमइको हरित वित्त क्षेत्रको प्रवद्र्धनमा आफ्नो दृष्टिकोण, विचारधार, अन्तरदृष्टि र अनुभवहरू प्रस्तुत गर्न विश्वव्यापी विचारधारा भएका नेताहरू, जलवायु वित्त अधिवक्ताहरू, प्रमुख विशेषज्ञहरू अभ्यासकर्ताहरूलाई निमन्त्रणा गरिएको थियो ।

यो अवार्ड असाधारण उपलब्धि हासिल गर्न सफल वित्तीय संस्थाहरू र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उत्पादन तथा सेवा दिने कम्पनीलाई प्रदान गरिदैँ आएको छ । त्यस्तै, एसएमई फाइनान्स फोरमका सिइयो म्याथ्यूु गम्सरले हरित एसएमई वित्तीय क्षेत्रमा पाचौँ अवार्ड विस्तार गरेको जानकारी दिए ।

उनले भने ‘हामीले हरित वित्तीय लगानी न्चभभल ाष्लबलअष्लन को क्षेत्रमा पाँचौँ अवार्ड पनि विस्तार गरेका छौँ । त्यसकारण पनि हुनसक्छ यस वर्ष ठूलो सङ्ख्यामा आवेदन पर्यो । हामीसँग पहिलेभन्दा धेरै वित्तीय उत्पादन र दृष्टिकोण भएका देशहरू छन् । यस अवार्डमा लगभग १०० निर्णायक मण्डलहरूले निष्पक्ष निर्णय गरेको थियो ।’

बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढीको अनुभवसँगै उच्च सर्मपित रहेको नबिल बैंकले देशभर २३३ शाखा र २६९ एटिएममार्पत सेवा प्रदान गरिरहेको छ । नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा परिचत नबिल बैंकले फराकिलो नेटवर्कमार्फत उच्च सेवा प्रदान गर्न निरन्तर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL