Logo

कुमारी बैंकलाई एक्सिलेन्स इन इकमर्स बिजनेस २०२२ अवार्ड

कुमारी बैंकलाई एक्सिलेन्स इन इकमर्स बिजनेस २०२२ अवार्ड



काठमाडौं । कुमारी बैंक लिमिटेड लाई एक्सिलेन्स इन इकमर्स बिजनेस २०२२ अवार्डले सम्मानित गरिएको छ । यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ईकमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो ।

आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL