Logo

नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ एप चलाउँदा डाटा नलाग्ने

नेपाल बैंक र एनसेलबीच सम्झौता, मोबाइल बैंकिङ एप चलाउँदा डाटा नलाग्ने



काठमाडौं । नेपाल बैंक लिमिटेड र एनसेलबीच सम्झौता भएको छ । नेपाल बैंकका मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

laxmi

मंगलबार आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहलाई एनसेलको सिम प्रयोग गरि नेपाल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा डाटा निःशुल्क उपलब्ध हुनेछ ।

नेपाल बैंकले नेपाल टेलिकमको सिम प्रयोग गर्ने ग्राहकहरुलाई यस अघि नै यो सुबिधा प्रदान गरिसकेको छ । अबदेखि नेपाल टेलिकम र एनसेल दुबैको नेटवर्क मार्फत नेपाल बैंकका ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन ।

डिजिटल बैकिङलाई प्रबद्र्धन गरी ग्राहकहरुलाई नगदरहित कारोबारमा अभ्यस्त बनाउने उद्देश्यले यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एनसेलसँग सहकार्य गरी नेपाल बैंकका ग्राहकलाई यस बैंकको मोवाइल बैकिङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था भएकोमा खुशि व्यक्त गरे ।

आगामी दिनहरुमा एनसेल एक्सीयाटासंगको सम्बन्ध थप मजबुत हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । त्यसैगरी एनसेल एक्सीयाटाका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एण्डि चोङले नेपालको पहिलो बैंकसंग व्यवसायीक साझेदारी गर्न पाउदा आफू निकै हर्षित भएको बिचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
MBL