Logo

हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने, मर्जरसम्बन्धी प्रस्ताव अस्वीकृत

हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिने, मर्जरसम्बन्धी प्रस्ताव अस्वीकृत



काठमाडौं । हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकको साधारण सभा कोभिड—१९को संक्रमणका कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फरेन्सको अनलाइन माध्यमबाट संचालन गरेको थियो ।

laxmi

उक्त साधारणसभाले आर्थिक वर्ष २०७७-७८ वार्षिक प्रतिवेदनसहित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

साथै हिमालयन बंैक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जरसम्बन्धी प्रस्ताव भने साधारण सभाले अस्वीकृत गरेको छ । उक्त प्रस्तावको सम्बन्धमा शेयरधनीहरु मध्ये ७५ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था भएकोमा उक्त प्रस्तावको पक्षमा आवश्यक मत नपुगेको कारण अस्वीकृत भएको छ । उक्त प्रस्तावअन्तर्गत मर्जरको पक्षमा ४३.६३ प्रतिशत विपक्षमा ४२.२९ प्रतिशत र मत नहाल्नेमा १४.०९ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL