Logo

एनसीसी बैंकको साधारणसभा, ८ प्रतिशत बोनस पारित

एनसीसी बैंकको साधारणसभा, ८ प्रतिशत बोनस पारित



काठमाडौँ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभाबाट पारित ८ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।

बैंकको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण कार्यका लागि प्रधान एन्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखा परीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी  ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस वितरणपछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL