Logo

मुक्तिनाथ बैंकको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा पैसा नलाग्ने

मुक्तिनाथ बैंकको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा पैसा नलाग्ने



काठमाडौं । मुक्तिनाथ विकास बैंकको एटिएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटिएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ । बैंकले आफ्नो एटिएम सेवालाई थप परिष्कृत गर्दै फ्रि एटिएम सेवा सुरु गरेको हो ।

laxmi

योसँगै मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर (सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तरगतको बैंकको एटिएम बुथबाट रकम झिक्न सिकिने बैंकले जनाएको छ । बैंकले यस्तो सुविधा समय अनुसार थप परिष्कृत गर्दै लैजाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL