Logo

संघीयतामा बैंक वित्तीय संस्थाको उपस्थिती : बागमती प्रदेश केन्द्रित निक्षेप र कर्जा परिचालन, कर्णालीमा न्यून

संघीयतामा बैंक वित्तीय संस्थाको उपस्थिती : बागमती प्रदेश केन्द्रित निक्षेप र कर्जा परिचालन, कर्णालीमा न्यून



काठमाडौं । देश संघीयतामा गएपनि बैंक तथा वित्तीय संस्थाको उपस्थिती भने केन्द्रित व्यवस्थामा आधारित रहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको पहुँच बागमत प्रदेशमा दुई तिहाई भन्दा बढी रहेको छ ।

laxmi

वित्तीय संस्थाको स्रोत परिचालन अध्ययनको आधारमा बागमती प्रदेशबाट कुल निक्षेपको ६८.१ प्रतिशत संकलन भएको छ भने सोही प्रदेशमा कुल कर्जाको ५६.८ प्रतिशत कर्जा बागमती प्रदेशमै परिचालन भएको छ । अध्ययन अनुसार २०२१ को जनवरीसम्मलाई आधारमान्दा बैंक तथा वित्तीय संस्थामा ४.२८ ट्रिलियन निक्षेप परिचालन भएको थियो भने सोही अबधिसम्ममा ३.६६ ट्रिलियन कर्जा प्रबाह भएको थियो । तर कर्णाली प्रदेशमा भने निक्षेप संकलन तथा कर्जा परिचालन दुबै न्यून रहेको अध्ययनले देखाएको छ ।

यसैगरी आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी (३४ प्रतिशत) बाग्मती प्रदेशमा र सबैभन्दा कम (४ प्रतिशत) कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा निक्षेप परिचालन र कर्जा प्रवाह दुवैन्यून रहेको देखिएको छ । अध्ययनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहँुच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखिएको छ । पछिल्ला वर्षहरूमा बाग्मती प्रदेशको तुलनामा अन्य प्रदेशमा साधन परिचालन क्रमिक रूपमा विस्तार भइरहेको अध्ययनले देखाएको छ ।

सहुलियतपूर्ण कर्जा र पुनरकर्जाको पहुँच बाग्मतीबाहेकका प्रदेशहरूमा उत्साहजनक रूपमा बढेको छ । औद्योगिक उत्पादन, कृषि तथा अन्य प्राथमिकताप्राप्त क्षेत्र कर्जाको वितरण क्रमिक रूपमा सन्तुलित हुँदै गएको छ । तथापि, वित्तीय पहुँच न्यून रहेका प्रदेशहरूमा साधन परिचालन अभिवृद्धि गर्न माग पक्षमा सुधार गर्नुपर्ने देखिएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको शाखाले दिने सेवा भने घनत्व भने प्रदेश २ मा बढी रहेको छ । अध्ययन अनुसार बागमती प्रदेशमा एउटा शाखाले ४ हजार १ सय ३५ जना ग्राहकलाई सेवा दिँदै आएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा एउटा शाखाले १ हजार ९ सय ७ जनालाई बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL