Logo

दशैंमा वोर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा उपहार, ४ सय बोनस प्राप्त गर्न सकिने

दशैंमा वोर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा उपहार, ४ सय बोनस प्राप्त गर्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल रेमिट्यान्सलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपालीहरूको लागि आउँदै गरेको वडादशैंको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वोर्ल्डरेमिट मार्फत यस बैंक खातामा रकम पठाउँदा खातामा ४ सय बोनस रकम उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

laxmi

२०७८ आश्विन ११ देखि कात्तिक १० सम्म लागू हुने यस योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिनेछ । यस योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ । कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वोर्ल्डरेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपालीहरूले यथास्थानबाटै स्वदेशमा रहेका आफ्ना परिवार तथा आफन्तजनलाई जुनसुकै बेला रकम पठाउन सक्ने छन् । यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन भौतिक रुपमा रेमिट्यान्स कार्यालयसम्म पुग्ने समयको बचत हुनुका साथै डिजिटल कारोबारलाई बढाउन समेत प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ । 
बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा रहेका नेपालीहरूले वोर्ल्डरेमिटको एप तथा वेबसाइटबाट यस बैंकका खातामा सहजै रकम पठाउन सकिनेछ ।

यस बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउदै लैजाने क्रममा मोबाइल बैंकिङ्ग एप (एनआईसी एमओ बैंक) मार्फत आन्तरिक रेमिट्यान्स सुविधा समेत ग्राहकलाई उपलब्ध गराउदै आइरहेको छ । जसअन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकहरूले आफ्नो एनआईसी एमओ बैंक भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्ने छ । 

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकलेएनआईसी एमओ बैंक बाटै रिसिभ रेमिट्यान्स गर्न मिल्ने नवीन सुविधाको समेत सुरुवात गरेको छ ।

यस बैंकले ३५६ शाखा कार्यालय, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL