Logo

मोबाइल र इन्टरनेट बैंकिङमा हुने कारोबार सीमा बढ्यो, अब प्रतिदिन १ लाख र प्रतिमहिना १० लाखसम्मको कारोबार गर्न पाईने

मोबाइल र इन्टरनेट बैंकिङमा हुने कारोबार सीमा बढ्यो, अब प्रतिदिन १ लाख र प्रतिमहिना १० लाखसम्मको कारोबार गर्न पाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल र इन्टरनेट बैंकिङमा हुने भुक्तानीको सीमा बढाएको छ । मंगलबार बैंक तथा वित्तीय संस्थाका नाममा एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङबाट एकै दिन दुई लाख रुपैयाँसम्म र इन्टरनेट बैंकिङबाट एकै दिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

यस्तै विद्युतीय वालेटमार्फत भुक्तानी र कारोबार गर्नेहरूको हकमा पनि कारोबार सीमा बढेको छ। तर एउटै व्यक्तिका नाममा रहेका फरक बैंकका खाता र राजस्व, जरिबाना, कर लगायतका विविध शुल्क भुक्तानी गर्नका लागि भने अधिकतम सीमाले बाधा पुर्याउने छैन ।

अब बैंकबाट वालेटमा प्रति–कारोबार ५० हजार, प्रति–दिन एक लाख र प्रति–महिना १० लाख रुपैयाँसम्म कारोबार सकिनेछ । यस्तै एक वालेटबाट अर्को वालेटमा प्रति–कारोबार २५ हजार, प्रति–दिन एक लाख र प्रति–महिना पाँच लाख रुपैयाँसम्म पठाउन सकिनेछ । तर वालेटमा ५० हजार रुपैयाँभन्दा धेरै ओभरनाइट राख्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL