Logo

सनराइज बैंकका ग्राहकले अब कार्डबिनै एटीएमबाट पैसा झिक्न सक्ने, यसरी गर्न सकिन्छ सुविधा उपयोग

सनराइज बैंकका ग्राहकले अब कार्डबिनै एटीएमबाट पैसा झिक्न सक्ने, यसरी गर्न सकिन्छ सुविधा उपयोग



काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् ।

यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरी कार्डलेस विथड्रअल अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ ।

बैंकको एटीएममा गई कार्डलेस विथड्रअल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक छ ।

नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ्ग प्रयोग एटीएम मार्फत सजिलै रकम झिक्न सकिने छ । सनराइज बैंकले यस अघि पनि मिस्डकलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरुले बैंकको देशभरी रहेको १६१ वटा एटीएम मार्फत लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL