Logo

सेयर बजारमा राष्ट्र बैंकको कडाई, सेयर मूल्याङ्कनको औषत गणना दिन १८० पुर्याइयो

सेयर बजारमा राष्ट्र बैंकको कडाई, सेयर मूल्याङ्कनको औषत गणना दिन १८० पुर्याइयो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा केही कडाई गरेको छ । पछिल्लो समय उच्च रुपमा नेप्से परिसुचक बढेसँगै राष्ट्र बैंकले यसअघि मौद्रिक नीतिमा भएको व्यवस्थालाई परिर्वतन गर्दै केही कडाई गरेको हो ।

laxmi

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् सेयरको मूल्याङ्कन गर्दा पछिल्लो १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्नु पर्ने व्यवस्था गरेको छ । तर यसअघि १ सय २० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना हुँदै आएको थियो ।

राष्ट्र बैंकले मार्जिन प्रकृतिमा प्रबाह हुन कर्जाको ७० प्रतिशतसम्म व्यवस्थालाई भने निरन्तरता दिएको छ । तर हाल भईरहेको औसम मूल्य गणना दिन १ सय २० लाई १ सय ८० पुर्याउँदा त्यसरी प्रबाह हुने कर्जामा कमी आउने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL