Logo

स्वदेशी आलुप्याजमा भ्याट हट्यो, आयातितमा भने कायमै

स्वदेशी आलुप्याजमा भ्याट हट्यो, आयातितमा भने कायमै



काठमाडौं । नेपालमै उत्पादिन आलुप्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने आन्तरिक राजश्व विभागले जानकारी दिएको छ । विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आन्तरिक रुपमै उत्पादित आलु र प्याजमा भ्याट नलगाईएको जानकारी दिएको हो ।

laxmi

केहिदिनदेखि आलु र प्याजमा सरकारले भ्याट लगाएको भन्दै व्यवसायीहरुले आन्दोलनस्वरुप यसको विक्री वितरण नै रोकेका थिए । सोही अनुसार विभागले आन्तरिक कृषिजन्य वस्तुको उत्पादनलाई प्रोत्साहन गर्ने नीति सरकारले नै लिएका कारण पनि आन्तरिक उत्पादनमा भ्याट नलगाईएको प्रष्ट पारेको हो ।

यस्तै यसै अवधिमा भारतले भने प्याज निर्यातमा प्रतिवन्ध लगाएको छ । नेपालमा प्याज आयातको प्रमुख मार्ग नै भारत भएपनि बेलाबेलामा भारतले यसको निर्यातमा ससहज वातावरण सृजना गरिदिँदा नेपालमा यसको मूल्यमा असर पर्ने गरेको छ ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले आयात हुने आलु र प्याजमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL