Logo

विश्वको सबै भन्दा ठुलो जुवा अड्डा मकाउमा क्यासिनो पुन संचालन, पर्यटकलाई चरणगत रुपमा भिसा उपलब्ध हुने

विश्वको सबै भन्दा ठुलो जुवा अड्डा मकाउमा क्यासिनो पुन संचालन, पर्यटकलाई चरणगत रुपमा भिसा उपलब्ध हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । विश्वको सबै भन्दा ठुलो जुवा अड्डा मकाउ कोरोना महामारीका बीच पुन संचालनमा आएको छ । क्यासिनोको केन्द्रविन्दु रहेको मकाउले पर्यटक भिसा दिन शुरु गरको छ । एशियाको जुवा अड्डाको रुपमा रहेको मकाउ कोरोना भाइरसको कारण सुनसान भएको थियो ।

लकडाउनको कारण मकाउ जान प्रतिबन्ध लगाइएको थियो । मकाउको अधिकारीहरुको अनुसार, बुधवारबाट पर्यटकको लागि भिसा चरणगत रुपमा उपलब्ध छ । क्यासियो संचलाकहरुले हरेक दिन करिब एक मिलियन अमरिकी डलर घाटा भएको बताएका छन् ।

विशेष व्यवस्था रहेको कोरोनाग्रसित क्षेत्र जसतै हङकङ तथा चीनबाट आउने पर्यटकलाई चरणगत रुपमा भिसा उपलब्ध हुने मकाउले जानकारी दिएको छ । तर मकाउबाट चीन बाहिर यात्रा गर्ने भिसा उपलब्ध नहुने अधिकारीहरुले बताएका छन् ।

मकाउबाट चीनको अन्य शहरमा भिसा उपलब्ध हुने पहिलो शहर मकाउको नजिकै रहेको जुहाई हुनेछ । अगष्ट र सेप्टेम्बर महिनाबाट बिस्तारै अन्य देशको लागी पनि भिसा खुला हुने चीनको राष्ट्रिय अध्यागमन विभागले जनाएको छ ।

क्यसिनो संचालकहरु जनावरीको अन्त्य देखि लगाइएको यात्रा प्रतिबन्ध खुल्ने संगै उत्साहित भएका छन् । चीनिया माग अनुसार मकाउको आम्दानि लस भेगसको भन्दा पाँच गुणा अधिक रहेको छ । भिसा खुलाएसंगै मकाउबाट चीन फर्किदा दुई हप्ताको क्वारेन्टाइन बस्नुपर्ने नियम पनि हटाइएको छ ।

मकाउमा ४६ जना संक्रमण भएका छन् भने अहिलेसम्म भाइरसको कारण मृत्यु भएको छैन । मकाउको अर्थतन्त्र पुरै पर्यटन र जुवाको खेलमा निर्भर छ जुन यस वर्षको पहिलो त्रैमासिकमा ४९ प्रतिशतले कम भएको छ ।

फेब्रुवरीमा १५ दिनको सटडाउन पछि क्यासिनो संचालकलाई व्यापार संचालन गर्न अनुमति दिइएको थियो । तर बाहिरको पर्यटक आगमनमा प्रतिबन्ध लगाइएको थियो । यहाँ प्रायजसो, करिब ९० प्रतिशत पर्यटक चीनबाट जाने गर्दछन् ।

मकाउमा सान्डस,विन, ग्यालेक्सी र एमजिएम जस्ता ठुला क्यासिनो रहेको छ । इन्भेस्टमेन्ट बैंक मोर्गन स्ट्यानलीले अप्रिल देखि जुन सम्ममा मकाउका प्राय क्ससिनो बन्द हुने तथा एक बिलियन घाटा हुने बताएका थिए । सन् २०१९ को तुलनामा करिब ८४ प्रतिशत पर्यटक कम भएको मकाउले बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL