Logo

७० करोडमा ताराको नयाँ ट्वीन अटर, अर्काे जहाज पनि छिट्टै

७० करोडमा ताराको नयाँ ट्वीन अटर, अर्काे जहाज पनि छिट्टै


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३१ भदौ, काठमाडौं । यति इयरलायन्सको भ्रातृ कम्पनी ताया एयर प्रालिले बिहिबार नयाँ ट्वीन अटर सार्वजनिक गरेको छ । कम्पनीले क्यानडामा निर्माण गरिएको भाइकिङ् डीएचसी६–४०० ट्वीन अटरमार्फत विशेषगरी गे्रट हिमालयन ट्रेल्स अन्तर्गतका नयाँ क्षेत्रमा उडान भर्ने बताएको छ । भाइकिङ् संस्करण अन्तर्गतका ट्वीन अटर भित्राएर पुरानो एसटीओएल एयरक्राफ्ट विस्थापन गर्ने कम्पनीको तयारी छ । यो सँगै ताराको ट्वीन अटर सङ्ख्या पाँच पुगेको छ ।

tara4

 

नयाँ ट्वीनअटरमा गे्रट हिमालयन ट्रेल्स परियोजना सञ्चालन गर्दै आएको सामर्थसँगको सहकार्यमा ‘गे्रट हिमालयन ट्रेल्स’ (जीएचटी)को लोगो समेत राखिएको छ । हिमाली क्षेत्रमा उडान भर्दै आएका तारा एयरलायन्सका सबै ट्वीन अटरमा क्रमशः यो लोगो राखिने कम्पनीले जानकारी दिएको छ ।

tara3

 

जहाज सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपाशुर शेर्पाले दुर्गम क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि निजी विमान कम्पनीहरूले महत्वपूर्ण भुमिका खेलेको बताए । यति तथा तारा एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेश राईले सगरमाथा र अन्नपूर्णमा मात्र मार्केटिङमा जाने प्रचलनलाई तारा एयरलायन्सले परिवर्तन गर्न चाहेको बताए । तारा एयरलायन्सको जहाजले कञ्चनजङ्घा, हुम्ला, डोल्पा जस्ता नयाँ क्षेत्रमा मार्केटिङ तथा पर्यटन विकासको लागि काम गर्ने उनको भनाई थियो । उनले आगामी सेप्टेम्बर महिनामा अर्को नयाँ ट्वीन अटर थप्ने तयारी गरिरहेको समेत जानकारी गराए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL