Logo

आन्तरिक पर्यटन जोगाउन एक्सेलट्रिपको अन्तरक्रिया कार्यक्रम, भ्रमण बर्षको बजेट आन्तरिक पर्यटनमा लगानी गर्न माग

आन्तरिक पर्यटन जोगाउन एक्सेलट्रिपको अन्तरक्रिया कार्यक्रम, भ्रमण बर्षको बजेट आन्तरिक पर्यटनमा लगानी गर्न माग



काठमाडौं । एक्सेलट्रिप नेपालले आन्तरिक पर्यटनलाई जोगाउन (राम्रो भविष्यको निम्ति प्रभावकारिता र जीवित रहने मार्गचित्र) अनलाईन अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । कोरोनाले थलिएको नेपाली पर्यटन व्यवसायलाई जिवित राख्न आन्तरिक पर्यटन एकमात्र विकल्प भएको भन्दै एक्सेलट्रिप उक्त कार्यक्रम गरेको हो ।

laxmi

एक्सेलट्रिप संसारकै तीब्र रफ्तारमा फैलदो एक अनलाइन ट्राभल प्लाटफर्म भएकाले उक्त वेभीनारमा वरिष्ट पर्यटन व्यबसाय उद्धमी कर्ण शाक्य, ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) अध्यक्ष खुम सुबेदी, नेपाल पर्यटन बोडका पुर्व कार्यकारी प्रमुख दिपक राज जोशी, होटेल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहलगायतका पर्यटन ब्यवसायीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको एक्सेलट्रिप नेपालका उप निर्देशक शरद प्रधानले जानकारी दिएका छन ।

कोरोनाका कारण विदेशी पर्यटकहरु नेपाल प्रवेश गर्न नपाईरहेको अवस्थामा नेपालको पर्यटनलाई कसरी आन्तरिक पर्यटनले टेवा पुर्याउन सकिन्छ भनेर छलफल भएको थियो । आन्तरिक पर्यटनमा सुधार ल्याउन सरकारले ‘नेपाल भ्रमण बर्ष’ को लागी छुट्याएको रकम आन्तरिक पर्यटनमा लगानी गर्नु पर्ने शाक्यले बताए ।

त्यस्तै उनले नेपाल पर्यटन बोडले धार्मिक, साँस्कृतिक,प्राकृतिक र ऐतिहासिक गन्तब्य स्थलहरूको नेपाली भाषामा भिडियो बनाउनु पर्ने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका बिकट क्षेत्रमा रहेका सांस्कृतिक प्राकृतिक सम्पदा र खानाका परिकारहरूको कार्यसुचि बनाउनु पर्ने माग गरेका छन ।

यसै गरि हानका प्रथम उपाध्यक्ष विनायक शाहले नेपालीलाई सुहाउदो प्याकेज ल्याउने होटेल संघको योजना रहेको बताएका छन । उनले भने, ‘सरकारको सहयोग रहे नेपालीले आगामी दिनमा देश भरि सर्वसुलभरुपमा बस्ने अवसर पाउने छन ।’

नेपालीहरु कमै जाने ट्रेकिङ्गमा आकर्षण गर्न टानले नेपालीलाई लक्षित गरि प्याकेज ल्याउने योजना रहेको सुबेदीको भनाई छ । उनले भने, ‘नेपालका पर्वतिय पर्यटक क्षेत्रहरु नेपाली पर्यटकहरुको स्वागत गर्न तयार छ ।’ कार्यक्रममा पूर्व सिइओ जोशीले सन २०१६ ले आन्तरिक पर्यटकहरु बढेको बताउँदै त्यसलाई अझै व्यवस्थित गर्नु पर्ने बताएका छन । नेपाली पर्यटकलाई सुहाउदो सेवाको आवश्कता भएकोले सरकार र व्यवसायीहरुले यस विषयमा विशेष ध्यान दिनु उनको धारण रहेको छ ।

एक्सेलट्रिपका निर्देशक आदित्य बरालले सबै क्षेत्रहरु एकजुट भई यो संकटको घडीमा पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनमार्फत जीवित राख्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL