Logo

एक्सेलट्रिप ग्लोबल नेपालमा, १५ लाख होटल र ४ सय एयरलाईन्सको संजालबाट सेवा

एक्सेलट्रिप ग्लोबल नेपालमा, १५ लाख होटल र ४ सय एयरलाईन्सको संजालबाट सेवा



काठमाडौैं । एक्सेलट्रिप ग्लोबलले मंगलबारदेखि नेपालमा आफ्नो सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि नेपालमा सेवा विस्तार गरेको हो । एक्सेलट्रिप १५ लाख होटल र ४ सय भन्दा बढी एयरलाईन्स कम्पनीका संजालमार्फत तिब्र गतिमा फैलिरहेको अनलाईन ट्राभल प्लाटफर्म भएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

नेपालमा रहेका होटल तथा वायुसेवा कम्पनीहरुलाई सहयोग गरी नेपाल भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सहयोग पुग्ने एक्सेलट्रिपले विस्वास लिएको छ । होटलको बुकिङदेखि पर्यटकलाई अवश्यक परेको बेला निशुल्क सहयोग गर्न समेत तयार रहेको एक्सेलट्रिपका कन्ट्रि डाईरेक्टर आदित्य बरालले जानकारी दिएका छन । नेपाल अहिले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘भिजिट नेपाल २०२०’ आयोजनाको अन्तिम तयारीमा रहेको बेला पर्यटकिय सेवा र उद्यमलाई प्रवर्द्धन गर्न एक्सेलट्रिप ग्लोबलले नेपालमा आफ्नो सेवा विस्तार गरेको हो ।

नेपालको पर्यटनको प्रवर्द्धन तथा भ्रमण बर्ष २०२० मार्फत २० लाख पर्यटक भित्र्याउनका लागि एक्सेलट्रिपले नेपाल पर्यटन बोर्डसँग साझेदारी समेत गरेको छ । एक्सेलट्रिप स्वदेशी एवं विदेशी व्यवसायिक इन्जिनियर कार्यरत नेपालमै विकसित अनलाइन होटल तथा एयरलाइन्स बुकिङ् इन्जिन समेत रहेको एक्सेलट्रिपको दाबी रहेको छ । एक्सेलट्रिपले हाम्रा स्थानीय उद्यमीलाई सातै प्रदेशभित्र चुस्त र छरितो कारोबार निम्ति सीधै अन्तरराष्ट्रिय वजारसँग एकिकृत गर्ने काम गरेको छ । यसबाट नेपालका दुर्घम क्षेत्रमा रहेका साना होटलले समेत पर्यटकीय आगमनवाट लाभ लिन पुग्नेछ ।

एक्सेलट्रिपले शून्य प्रतिशत कमिसन लिने हुँदा केही अन्तरराष्ट्रिय एजेन्ट (जस्तै बुकिङ् डट कम, अगोडा, एक्सपेडिया आदि) को उच्च मुनाफाको अधिपत्य तोड्दै होटललाई नै अधिकतम प्रतिफल प्रदान गर्नेछ । नेपाल राष्ट्र बैंकले मुलुकका बैंकमार्फत विदेशी मुद्रा कारोवारको अनुमति प्रदान गरिसकेकाले सबै भुक्तानी नेपालभित्रै सम्भव भएका कारण स्वदेशमै विदेशी मुद्राको संचिति समेत बढ्ने एक्सेलट्रिपका कार्यकारी निर्देशशक ज्ञानेन्द्र खडकाले बताए ।

सरल र सहज भुक्तानीका लागि एक्सेलट्रिपले इसेवा संग साझेदारी गरेको छ । होटलहरूसँगकको भुक्तानीका लागि हिमालयन र कुमारी बैंकलाई आफ्नो साझेदार बनाएको समेत कार्यक्रमममा जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिबी नेपाल, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशी, होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष बिनायक शाहलगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL