Logo

६०८ जना लिएर उड्यो कतार एयरवेज, जर्मनीका मात्रै ३०५ जना

६०८ जना लिएर उड्यो कतार एयरवेज, जर्मनीका मात्रै ३०५ जना



काठमाडौं । ६ सय ८ जना बोकेर कतार एयरवेजका दुई ओटा जहाज काठमाडौंबाट उडेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा जहाजमा ३ सय ४ जना रहेको छ ।

कोभिड १९ (कोरोना भाईरस) का कारण नेपाल पूर्णरुपमा लकडाउन भए पछि युरोपियन युनियनका देशहरुले आफनो नागरिक जहाज चार्टड गरेर लैजाने क्रम जारी रहेको छ ।

शनिबार मात्रै दुई उडान मार्फत आफ्नो देशको नागरिक लगेको छ । जहाजमा जर्मनको नागरिक मात्रै ३ सय ५ जना रहेको र बाँकी अन्य दशको रहको प्राधिकरणले जानकारी दिएको छ । सवा ११ बजे कतार एयरको जहाजमार्फत ३ सय ४ जना नागरिकलाई लिएर गएका छन भने अर्को जहाज उडान गर्ने तयारीमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार नेपाल लकडाउन भए पछि नेपालमा रोकिएका पर्यटक कतार एयरवेजमार्फत ति पर्यटकहरुलाई पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL