Logo

कोरोनाका कारण सरकारले भ्रमण बर्ष र अनअराईभल भिसामा रोक लगाउँदा चिनियाँ जहाजले थाल्यो उडान

कोरोनाका कारण सरकारले भ्रमण बर्ष र अनअराईभल भिसामा रोक लगाउँदा चिनियाँ जहाजले थाल्यो उडान



काठमाडौं । चीनको हुवेई प्रान्तको उहान शहरमा कोरोना भाईरस फैलिए पछि स्थगित भएको चाईना ईस्टनले पुन नियमित उडान सुरु गरेको छ । चाईना–काठमाडौं उडानको लागि चाईना ईस्टनले आईतबारदेखि हप्तामा सातै दिन उडान सुरु गरेको हो ।

laxmi

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताईरहँदा सरकारले आईतबार मात्रै भ्रमणबर्ष रद्द गरी अनअराईभल भिसामा रोक लगाएको छ । तर, कोरोना भाईरसको फैलिएको चीनको चाईना ईस्टनले भने आईतबार देखि नै नेपालसँग सिधा उडान सुरु गरेको छ । उक्त उडानले नेपालमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । तर उक्त भाईरसका कारण हाल हिमालय एयरलाईन्स, सिचुवान र टिबेट एयरले आफ्नो उडान स्थगित गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार एयर चाईनाले हप्तामा १ दिन, चाईना साउधनले हप्तामा २ र चाईना ईस्टनले हप्तामा ७ दिन उडान सुरु गर्न लागेको हो । चीनको वुहानबाट फैलिएको उक्त भाईरसका कारण विश्वमा २ हजार ८ सय ७३ जनाले ज्यान गुमाईसकेका छन् । चीनको बुहानबाट फैलिएको कोरोनाभाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारतलगायत विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई अन्तराष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको छ । तर नेपालमा भने ज्वरो नाप्ने यन्त्र बाहेक अन्य कुनै यन्त्र नभएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ज्वरो नाप्दै पर्यटकलाई नेपाल भित्र्याउँदै आईरहेको छ ।

प्रधानमन्त्रीको निर्देशन

सरकारले कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति समेत बनाईसकेको छ । गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्री समेत रहेको उक्त समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नियाल्दै रोकथामका लागि आवश्यक निर्णय गर्नेछ ।

कोरोना भाइरसको संक्रमण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत सरकारले छलफल गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथामका लागि आवश्यक निर्णयहरु यही समितिमार्फत गर्न निर्देशन समेत दिईसकेका छन् ।

त्यस्तै प्रम ओलीले विमानस्थलमा यात्रुको चेकजाँच गर्न, चेकजाचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न समेत निर्देशन दिईसकेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आवश्यक ईक्युपमेन्टको अवभावले विमानस्थलमा ज्वरो नाप्ने बाहेक अन्य कुनै काम गर्न नसकेको जानकारी दिएको छ । कोरोनाको संक्रमण विश्वमा फैलिएपछि सरकारले भ्रमण बर्ष लक्षित कार्यक्रमहरु समेत स्थगित गरिसकेको छ ।

आन्तरिक उडानमा समेत प्रभाव

गत बर्षको तुलनामा यस बर्ष बिदेशी पर्यटकको संख्यामा कमि आए पछि त्यसको प्रत्यक्ष असर हेलिकोप्टर ब्यवसायीलाई परेको छ । फेब्रुअरिको तथ्याङक अनुसार हेलिकोप्टरको उडानमा समग्रमा ७० प्रतिशत गिरावट आएको हेलिकोप्टर संचालकहरुले जानकारी दिएका छन ।

कोरोनाकै कारण आन्तरिक उडान गर्दै आएको सिम्रीक एयरले पनि ९० प्रतिशत बुकिङ रद्द भएको जानकारी दिएको छ । नेपालीले गर्ने बुकिङ रद्द नभए पनि विदेशी पर्यटकले गर्ने गरेको बुकिङ रद्द भएको सिम्रीक एयरका चिफ मार्केटिङ प्रमुख प्रज्वल थापाले जानकारी दिएका छन । त्यस्तै बुद्ध एयरको ३८ प्रतिशत विदेशी पर्यटक घटेको प्रवक्ता रुपेश जोशीले जानकारी दिएका छन । उनका अनुसार अहिले नियमित आन्तरिक उडान गरिरहेको जहाजलाई भन्दा बढी घाटा हेलिकोप्टर संचालकहरुले ब्यहोरिरहेको छ । समग्रमा प्यासेन्जर बढे पनि बिदेशी पर्यटक भने घटेको उनले जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL