Logo

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरि केवलकारको निशुल्क सेवा, विद्यार्थी र अपाङ्गलाई ५० प्रतिशत छुट

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरि केवलकारको निशुल्क सेवा, विद्यार्थी र अपाङ्गलाई ५० प्रतिशत छुट



काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले ७० बर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई केवलकारमा निशुल्क सेवा दिने भएको छ । चन्द्रागिरि हिल्सले ज्येष्ठ नागरिकको सम्मानका लागि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरिएको हो ।

laxmi

बच्चा देखि बृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले उक्त योजना ल्याइएको हो । योजना अन्तरगतको सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्नेछ ।

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यस अघि नै गरिसकेको छ । त्यसका अतिरिक्त तीन फीटसम्म उचाईं भएका बालबालिकाहरूलाई पूर्णत निशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आएको छ । साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरुलाई २५ प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिँदै आएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL