आज देखि चन्द्रागिरी हिल्सको आईपिओमा आवेदन दिन सकिने, यसरी गर्नुस आवेदन


बिजखबर संवाददाता
2 December, 2020 10:10 am

chandragiri-hills-cable-car-kathmandu-nepal

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडकोे जारी गर्नलागेको आईपिओमा आजदेखि आवेदन दिन सकिने भएको छ । उक्त आइपीओआयोजना प्रभावित स्थानीयको लागि ल्याइएको हो ।

FoneLoan-250x250
Yamaha

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त आईपिओमा छिटोमा पुस १ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा पुस १६ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आइपीओ काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर कै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् ।

कम्पनीको शेयर निष्काशनको लागि बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले स्थानीयलाई आइपीओ निष्काशन गरेपछि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।

कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि यस अघि नै अनुमति पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्