Logo

विदेशी मुद्रा संचिति बढाउने गभर्नरको नयाँ उपाय, नेपालीले अब विदेशमा होईन स्वदेशमै खर्च गरौं

विदेशी मुद्रा संचिति बढाउने गभर्नरको नयाँ उपाय, नेपालीले अब विदेशमा होईन स्वदेशमै खर्च गरौं



काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिबी नेपालले विदेशी मुद्रा संचिति बढाउने नयाँ उपाय ल्याएका छन । मंगलबार एक कार्यक्रममा बोल्दै उनले नेपालीले विदेशमा गर्ने खर्च बढेको भन्दै नेपालमै खर्च गर्न जोड गरेका हुन ।

laxmi

नेपालीहरुले विदेशमा गएर गर्ने खर्च ९० अर्ब पुगेको बताउँदै उनले अब नेपालले पनि विदेशी मुद्रा संचित गर्नतिर ध्यान दिनुपर्ने बताएका हुन । उनले एक्सेलट्रिप ग्लोबलले आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘नेपालीले विदेशमा ९० अर्ब रुपैयाँ खर्च गर्दा विदेशीले नेपालमा आएर जम्मा ७४ अर्ब रुपैयाँ मात्र खर्च गरेका छन ।’

नेपालीमा अल्छिपना बढेको भन्दै आफ्नै देशमा उत्पादन बढाउनु पर्ने तथा उत्पादित वस्तुलाई प्रयोग गर्न समेत उनले आग्रह गरेका छन । उनले भने, ‘कुनै समयमा कतार नाका बन्दीमा परेको थियो, त्यही बेला उसले अष्ट्रेलियाबाट गाई ल्याएर पालेको र अहिले नेपाललाई चाहिईएको खण्डमा हामी दिन तयार छौं भनेको सुन्दा मलाई त कुरी कुरी लागेको थियो हाम्रा पूर्व प्रधानमन्त्रीलाई के लाग्यो कुन्नी ।’

हामीले विदेशी सामान होईन हाम्रो आफ्नो उत्पादन प्रयोग गर्नु पर्ने छ । जुन ठाउँमा प्रकृतिले दिएको छ त्यसको सदुपयोग गर्नु पर्छ । जुन देश मरुभूमि छ उ सक्षम छ हामी संधै अर्काको भर पर्नु पर्ने भन्दै उनले स्वदेशी सामग्री प्रयोग गर्न आग्रह गरेका हुन ।

उनले नेपालीहरुको सोचमात्रै नेपाली र अन्य सबै वस्तु विदेशी भएको भन्दै लगानी बढाउन समेत आग्रह गरेका छन । अहिले होटल क्षेत्रको आर्थिक विकास ८ प्रतिशतले वृद्धि भएको भन्दै राम्रो सेवा दिएमा पर्यटक अवश्य आउने उनको विश्वास रहेको छ । उनले भने, ‘नेपालमा एक्सेलट्रिपलाई के कस्तो सहयोग गर्नु पर्छ राष्ट्र बैंक गर्न तयार छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL