Logo

सरकारले चैत्र ५ गतेभित्रै नयाँ गभर्नर नियुक्ति गर्छ : अर्थमन्त्री खतिवडा

सरकारले चैत्र ५ गतेभित्रै नयाँ गभर्नर नियुक्ति गर्छ : अर्थमन्त्री खतिवडा



काठमाडौं । सरकारले आगामी चैत्र ५ गतेभित्र नै नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति गर्ने भएको छ । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले सरकारले चैत्र ५ गतेभित्र नै केन्द्रीय बैंकको गभर्नर नियुक्त गर्ने बताएका हुन् ।

laxmi

खतिवडाले गभर्नरमा आफ्नो नियुक्रिको उदाहरण दिदैं सरकारले समयमै गभर्न नियुक्ति गर्ने बताए । वर्तमन गभर्नर चिरञ्जिवी नेपालको कार्यकाल आगामी चैत्र ५ गते सकिदैछ ।

यसैगरी सरकारले विकास करमा थप वृद्धि गरेको पनि खतिवडाले जानकारी दिए । । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको हो ।

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैया कर लगाउन थालेको थियो । अहिले आएर सो कर रु ५ थपेर रु १० पुर्‍याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL