Logo

हेलम्बु–गोसाइँकुण्ड जोड्ने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै, ६० किलोमिटर पार गर्न एक हप्ता लाग्ने

हेलम्बु–गोसाइँकुण्ड जोड्ने ‘ग्रेट हिमालयन ट्रेल’ बन्दै, ६० किलोमिटर पार गर्न एक हप्ता लाग्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ‘भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी हेलम्बु गाउँपालिकाले ‘ग्रेट हिमालयन ट्रेल’ (पदमार्ग) निर्माणलाई तीव्रता दिएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकियस्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सो पदमार्ग निर्माणमा जोड दिइएको हो ।

laxmi

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकिय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने ६० किलोमिटर लामो पदमार्ग निर्माणकार्य तीव्र बनाएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले जानकारी दिएका छन ।

गाउँपालिकाको विविध धार्मिक, सांस्कृतिक तथा पर्यटकियस्थलको अवलोकन गर्न सकिने गरी ग्रेट हिमालयन ट्रेलको निर्माण भईरहेको शेर्पाको भनाई रहेको छ । उनका अनुसार पर्यटन विभागले स्थानीय तहको समन्वयमा २ करोड रुपैयाँ लागतमा सो पदमार्ग निर्माण भइरहेको हो ।

हेलम्बु, सिमिसिदाङ हुँदै लाङटाङ पुगिने ३० किलोमिटरमध्ये १५ किमीको काम सकिसकेको छ । पुरानो पदमार्ग हेलम्बु, गञ्जलापास हुँदै रसुवाको लाङटाङ पुगिने ४० किमीमा पनि १० किमी मात्रै काम बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिएका छन ।

‘लाङटाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन, अर्को हेलम्बुको कुटुम्साङ, माग्नीकोट, ठाडेपाटी गोसाइँकुण्ड रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा छ’, अध्यक्ष शेर्पाले भने, ‘हेलम्बु हुँदै लाङटाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण जरुरी देखिएको छ, त्यहीअनुरुप हामीले काम थालेका हौँ ।’

‘धर्मचक्र पर्खाल’

लामो दूरीका दर्जनौँ पदमार्गलाई पहिलेकै अवस्थामा ल्याउनको लागि गाउँपालिकाले पर्यटकीय पदमार्ग कार्ययोजना बनाएको हो । जसमा लाङटाङबाट हेलम्बु भित्रिने पर्यटकले ह्योल्मो परम्परा, धार्मिकस्थल घुम्दै डुब्कुबाट मेलम्ची खानेपानीको मुहान हेर्ने ‘प्याकेज ट्रेकिङ स्पट’ बनाएर काम थालेको छ ।

हिउँदमा हिउँले ढाकिने पदमार्ग पर्खाल यात्राका क्रममा पाँचपोखरी, गोसाइँकुण्डका साथै जुगल, गणेश, याङ्ग्री, लाङटाङ माउन्टेन फ्लाइटबाट हेर्न सकिने ८० प्रतिशत हिमाल देखिने अध्यक्ष शेर्पाले बताए ।

रसुवा र नुवाकोटका बस्तीसमेत नियाल्न सकिने पदयात्रा घुम्दा गर्दा हेलम्बु क्षेत्रमा रहेका पूरै धार्मिक तीर्थस्थल परिक्रमा हुने भएकाले गाउँपालिकाले निर्माणाधीन ‘ग्रेट हिमालयन ट्रेल’लाई ‘धर्मचक्र पर्खाल’का रुपमा समेत जोडेको छ ।

ह्योल्मो संस्कृतिको प्रवर्धन

नेपालमा ह्योल्मो समुदायको लोपोन्मुख संस्कृति हेलम्बुमा मात्रै देख्न पाइन्छ । हेलम्बु गुम्बाको गाउँ नामले समेत चर्चित छ । शेर्पा, ह्योल्मो समुदायको बाहुल्य रहेको सो गाउँपालिकामा बौद्धधर्म गुरु पद्यमसम्भवको साधनास्थलका रुपमा समेत प्रसिद्ध छ ।

त्यसैले यहाँ घुम्नका साथै ध्यान, साधना गर्न वार्षिक हजारौँको संख्यामा देश तथा विदेशबाट पर्यटक तथा बौद्धमार्गी आइपुग्छन् । हेलम्बु धार्मिक, सांस्कृतिक पर्यटनको गन्तव्यसमेत रहेकाले पदमार्ग पर्खालको महत्व अझ बढ्ने उनको विश्वास रहेको छ ।

उनका अनुसार ६० किमी पदमार्ग पर्खाल घुम्न पदयात्रा एक साताको समय लाग्नेछ । पदमार्ग पर्खालका ठाउँ–ठाउँमा सौर्यबत्ती, उद्यान, दृश्यावलोकन स्तम्भ आकर्षणका रुपमा रहनेछन् । पदमार्ग पर्खालमा पर्ने भेन्थाङमा रहेको बिहाल चौरलाई हिमाल आरोहरणको तालीम केन्द्र बनाउने नीति गाउँसभाबाट पारित गरेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL