Logo

कोशीटप्पु वन्यजन्तु आरक्ष अवलोकन गर्ने पर्यटकको संख्या बढ्यो, १ बर्षमा १८ जहाजले गरे अवलोकन

कोशीटप्पु वन्यजन्तु आरक्ष अवलोकन गर्ने पर्यटकको संख्या बढ्यो, १ बर्षमा १८ जहाजले गरे अवलोकन



काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्ष अवलोकन गर्नेको संख्यामा वृद्धि भएको छ । अर्नाका लागि प्रसिद्ध पर्यटकिय क्षेत्रका रुपमा रहेका कोशीटप्पु वन्यजन्तु आरक्षमा १ वर्षमा १८ हजार ७ सय ७३ जना पर्यटकले अवलोकन गरेका छन ।

laxmi

सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको कोशी टप्पुमा आव २०७५/७६ मा सो संख्यामा पर्यटकले अवलोकन गरेको आरक्षका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताएका छन ।

गत आवमा आरक्षमा १८ हजार ३८५ जना नेपाली, ३६ सार्क मुलुकका र ३५२ विदेशी गरी कूल १८ हजार ७ सय ७३ जना पर्यटकले आरक्षको अवलोकन गरेको हो ।

आरक्षमा सबैभन्दा बढी कात्तिक महीनामा पर्यटकले अवलोकन गरेका छन भने सबैभन्दा कम फागुन महीनामा पर्यटक आएको आरक्षको तथ्याङकले देखाएको छ । आरक्षमा कात्तिकमा २ हजार ७ सय ४ जना पर्यटक आएको छ ।

तीमध्ये २ हजार ६ सय ६२ नेपाली, ७ सार्क मुलुकका र ३५ जना विदेशी रहेका छन । त्यस्तै फागुनमा महिनामा ८ सय ९६ जना पर्यटक आएको छ । तीमध्ये ८ सय २९ नेपाली, ३ सार्क मुलुकका र ६४ जना विदेशी रहेका छन ।

आरक्षमा विभिन्न किसिमका चराचुरुङ्गी, पुतली, अर्ना, हात्तीमा सवार गर्नका लागि पर्यटक आएको आरक्ष प्रशासनले जनाएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL