Logo

नियम विपरित जाँदा सिम्रिक एयरका सबै जहाज ग्राउण्डेड, हवाई सुरक्षामा गम्भीर असर

नियम विपरित जाँदा सिम्रिक एयरका सबै जहाज ग्राउण्डेड, हवाई सुरक्षामा गम्भीर असर



काठमाडौं । सिम्रिक एयरले जहाजमा आफु खुसी पार्टपुर्जा प्रयोग गरे पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज उडानमा रोक लगाएको छ । प्राधिकरणले स्वीकृत नगरेका पाटपुर्जा प्रयोग गरेको भन्दै जहाज उडानमा रोक लगाएको हो ।

laxmi

कम्पनीले बिचक्राफ्ट जहाजमा प्रयोग हुने पाटपुर्जा मनोमानी प्रयोग गरी हवाई सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले मंगलबारबाटै ग्राउन्डेड गर्ने निर्णय गरेको प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्डयालले जानकारी दिएको हो ।

प्राधिकरणको उक्त निर्णयसँगै काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गरिरहेको एयरलाइन्सका सबै उडान स्थगित भएका छन ।

कम्पनीले आफ्नो जहाजमा प्राधिकरणले निर्रधारण गरेका पार्टपुर्जामात्र प्रयोग गर्न पाउने भए पनि एयरलाईन्सले भने आफुखुसी सामग्री प्रयोग गरेको भन्दै जहाज ग्राउण्डेड गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL