Logo

भदौ २४ देखी डोल्पो महोत्सव हुँदै, ४ सय जना विदेशी पर्यटक भित्र्याइने

भदौ २४ देखी डोल्पो महोत्सव हुँदै, ४ सय जना विदेशी पर्यटक भित्र्याइने



काठमाडौं । डोल्पो महोत्सव २०७६ आयोजना हुने भएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पोको संयुक्त आयोजनामा यही भदौ २४ देखि डोल्पो महोत्सव २०७६ हुने भएको हो ।

laxmi

२४ गते देखी २८ गतेसम्म ५ दिन चल्ने डोल्पो महोत्सव २०७६ भ्रमण बर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गर्न लागेको हो । साहसिक पर्यटनको लागि प्रचुर सम्भावना बाकेको महत्वपुर्ण गन्तव्य उपल्लो डोल्पामा महोत्सवको तयारी भईरहेको आयोजक ग्याल्पो थापा भोटेले जानकारी दिएका छन ।

‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने मूल नाराकासाथ वि.सं.२०५१ सालमा स्थापना भएको क्रिस्टल माउन्टेन आधारभुत बिद्यालयको स्थापना दिवस एवम् रजत जयन्तीको अवसर पारी मेला आयोजना गरिएको हो ।

मेलामा करिब १ करोड ६७ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । उक्त महोत्सवमा करिब ४ सय जना विदेशीलगायत ३ हजार जनाले अवलोकन गर्ने छन । उक्त महोत्सवमा डोल्पामा रहेको खस तथा मष्टो संस्कृति, तरालि संस्कृति, र डोल्पो संस्कृति, लगायत बोन तथा बुद्ध धर्म, खस भाषा, काइके, पोइके, डोल्पो भाषा लगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमीको प्रचार प्रसार हुने आयोजकको विश्वास रहेको छ ।

साथै उक्त मेलाको अवसर पारी डोल्पो क्षेत्रको शिक्षा, स्वास्थ्य, सरसफाइ, सञ्चार, यातायात, वातावरण तथा संस्कृतिमा डोल्पोबासीले सामना गर्नुपरेका चुनौतीबारे प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण हुने आयोजकले जानकारी दिएको छ ।

साथै डोल्पो क्षेत्रलाई नेपालको एक प्रमुख पर्यटकिय गन्तव्य बनाई समुदायको सामाजिक र आर्थिक पक्ष सुधार्न समुदायमा आधारित पर्यावरणीय पर्यटनलाई प्रोत्साहान गरी डोल्पामा पर्यटन प्रवद्र्धन गर्ने रहेको छ । ५ दिन सम्म चल्ने उक्त मेलामा नेपाल भ्रमण वर्ष सन २०२० सफल बनाउने, समग्र डोल्पाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने, शताब्दीऔँ पुराना सांस्कृतिक तथा प्राकृतिक अदभूत सम्पदाहरूको संरक्षण गर्नेलगायतका उद्देश्य रहेको छ ।

मेलामा लामा गुरुहरूबाट अध्यात्मा र वातावरण सम्बन्धी प्रवचन तथा जीवन सशक्तीकरण सम्बन्धी क्रियाकलाप गर्ने, विभिन्न गुम्बाहरूबाट मुखौटा नृत्य गर्ने, अन्य गाँउहरूबाट सांस्कृतिक नृत्यहरू (स्याब्डो) नृत्य प्रस्तुत गर्ने, डोल्पो क्षेत्रबारे बनाइएका वृत्तचित्रहरूको प्रदर्शनी गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL