Logo

पदमार्ग पहिचानको काम अन्तिम चरणमा, एक प्रदेशमा ८ देखि १५ पदमार्ग रहने

पदमार्ग पहिचानको काम अन्तिम चरणमा, एक प्रदेशमा ८ देखि १५ पदमार्ग रहने



काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्न पदमार्ग पहिचानको काम अन्तिम चरणमा पुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको जानकारी अनुसार २ दिन भित्रमा एक सय गन्तब्यको पहिचान हुने भएको छ ।

नेपाल पर्यटन बोर्डले कम्तीमा पनि १ सय पदमार्ग पहिचान गर्नका लागि यही असारमा आवेदन माग गरेको थियो । सोही माग अनुसार सय गन्तब्यको लागि ६ सय १५ आवेदन परेको थियो । प्राप्त आवेदनमाथीको छलफलपछि भदौ अन्तिम सम्ममा निर्णय गरी काम अगाडी बढाउने भनिए पनि सो काम हुन सकेको थिएन ।

मन्त्रालयको योजना महाशाखाका प्रमुख निता पोखरेल अर्यालका अनुसार अव भने २ दिन भित्रमा सबै काम सम्पन्न गरी सय गन्तब्यको पहिचान गर्ने भएको हो । एउटा प्रदेशमा कम्तिमा ८ र बढीमा १५ गन्तब्य सम्म हुन सक्छ अर्यालले भनिन् । एउटा जिल्लामा एक अनिबार्य पर्यटन गन्तब्य हुने समेत अर्यालले जानकारी दिएकी छिन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो १ सय दिने कार्यक्रम्मा समेत एक प्रदेश एक पर्यटक गन्तब्यको घोषणा गरेको थियो । सोही अनुरुप आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनको लागि विषेश अभियान अन्तरर्गत सय गन्तब्यको लागि आवेदन आह्वान गरेको थियो ।

योजना अनुसारनै संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री अधिकारीले प्रत्यक प्रदेशमा १० पर्यटकीय गन्तब्य निर्माण गर्ने समेत बताउँदै आएका छन । साथै प्रत्येक प्रदेशमा एक नमुना गन्तब्यको लागि सरकारले काम अगाडी बढाईसकेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले जानकारी दिएका छन ।

उनका अनुसार मन्त्रालयले नमुना गन्तब्यको लागि प्रदेश नम्बर १ को सन्दकपुर ईलाम, प्रदेश नं. २ को धनुषाधाम धनुषा, ३ मा ईन्द्रसरोबर मकवानपुर, ४ मा पंचासे कास्की, ५ मा देवदह रुपन्देही, ६ मा रारा मुगु र ७ नं. प्रदेशको भादगाउँ कैलालिको भने विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को प्रारम्भिक प्रतिवेदन समेत प्राप्त भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL