Logo

गभर्नर पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग गरे छलफल

गभर्नर पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग गरे छलफल



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् । उनले पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका हुन् । जेनजीको आन्दोलनका कारण उद्योग व्यवसायमा परेको असर र बैंक तथा वित्तीय संस्था कसरी अगाडि बढ्ने भन्ने विषयमा गभर्नर पौडेलले छलफल गरेका हुन् ।

उद्योगी व्यवसायीहरुसँगको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल चम्बर अफ कमर्सका अध्यक्ष कमलेस कुमार अग्रवाल, नेपाल उद्योग परिंघका अध्यक्ष विरेन्द्र पाण्डेलगायत सहभागि थिए । यस्तै, बैंकर्ससँगको छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, उपाध्यक्ष सुरेन्द्र रेग्मी, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष सुयोग श्रेष्ठलगाय उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्