Logo

एनसेललाई फोरजी संचालन अनुमति, १ वर्षभित्र ६० प्रतिशत जनतामा पुग्ने

एनसेललाई फोरजी संचालन अनुमति, १ वर्षभित्र ६० प्रतिशत जनतामा पुग्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई फोरजी सेवा संचालनको लागि अनुमति दिएको छ । प्राधिकरणको बुधबार बसैको संचालक समितिको बैंठकले एनसेललाई फोरजी संचालन गर्न अनुमति दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘हामीले एनसेलाई थ्रीजी विस्तार तथा फोरजी संचालन अनुमति दिएका छौं,’ उनले भने, ‘सोही अनुसार एनसेलले जुन १ बाट फोरजी सेवा संचालन गर्न सक्नेछ ।’

एनसेलले नेपाल टेलिकमसँगै फोरजी संचालनका लागि रोलआउट प्लान पेश गरेको थियो । सोही प्लानलाई स्वीकृत गर्दै प्राधिकरण सञ्चालक समितिले फोरजी सेवा संचालन अनुमति दिएको हो ।

अर्यालका अनुसार प्राधिकरणले एनसेललाई प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी संचालन गर्न अनुमति दिएको हो । अहिले एनसेलसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा ११ मेगाहर्ज फ्रिक्वेन्सी रहेको र त्यसैलाई उपयोग गरी एनसेलले फोरजी चलाउन सक्नेछ ।

यसैगरी प्राधिकरणले एनसेलाई ९ सय मेगाहर्ज ब्याण्डमा थ्रीजी विस्तारको अनुमति पनि पाएको छ । एनसेलले नयाँ ब्रोड ब्याण्ड नीतिअनुरुप गाउँ(गाउँसम्म उच्चगतिको इन्टरनेटका लागि ९ सय मेगाहर्ज ब्याण्डमा थ्रीजी सेवा विस्तार गर्न सक्नेछ । ‘एनसेलले अबको १ वर्षभित्र नेपालका ६० प्रतिशत जनतामा ब्रोडब्याण्ड सेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरको छ,’ उनले भने, ‘जुन एकदमै उपयोगी हुनेछ ।’

के हो फोरजी ?

फोरजी चौथो जेनेरेशनको डाटा टेक्नोलोजी हो । फोरजी सेवा थ्रीजीको तुलनामा फास्ट हुनेछ । टेलिकमले शुरुमा फोरजीमार्फत ३० एमविपीएस प्रति सेकेन्ड उपलब्ध गराउने बताएको छ । फोरजी सेवामा मोवाइल वेव एकसेस, गेमिङ सर्भिस, एचडी मोवाइल टिभी, क्लाउड कम्प्युटिङलगायत सेवा हुन्छ ।

यसको डाउनलोड क्षमता थ्रीजी भन्दा झण्डै ५ गुणा छिटो हुने टेलिकमको दावी छ । अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवा नै फोरजी हो ।

फोरजीको गति थ्रिजीको तुलनामा भने निक्कै नै बढी हुने गर्छ । हाल थ्रिजी सेवामा उपभेक्ताले जम्मा ३ देखि ४ मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिको मात्र इन्टरनेट चलाउन पाइरहेका छन् ।

कस्तो अवस्थामा उपयोगी ?

उपभोक्ताले उच्च गतिको इन्टरनेट आवश्यक भएको अवस्थामा फोरजी सेवा लिनु पर्छ । मल्टिमिडिया (भिडियो, भ्वाइस, तस्विर, ग्राफिक्स, टेष्ट) को प्रयोगमा फोर जी प्रयोग गर्दा सेवा सहज हुन्छ ।

अन्य सामान्य अवस्थामा भने थ्रीजी सेवा नै उपयुक्त हुने अधिकारीले जानकारी दिए । थ्रीजी फोरजीको तुलनामा धेरै सस्तो हुने भएकोले पनि सामान्य फाइल डाउनलोड तथा कम क्षमताका वेव चलाउँदा थ्रीजी उपयुक्त हुन्छ । ठूलो क्षमताका फाइल अपलोड वा डाउनलोड गर्न, भिडियो हेर्न, अनलाइन गेम खेल्न तथा थ्रीडी टिभी हेर्न मात्र फोरजी सेवा उपभोग गर्दा उपयुक्त हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL