Logo

चौधरी ग्रुपको मेघौली विश्वको उत्कृष्ट होटलको सुचीमा, केछ आकर्षण ?

चौधरी ग्रुपको मेघौली विश्वको उत्कृष्ट होटलको सुचीमा, केछ आकर्षण ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ । पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीमा यस पटककोे संस्करण ‘२०१७ इट लिष्ट’ मा मेघौली सराइलाई समावेश गरेको हो ।

चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन ताज होटल्स समूहले गरिरहेको छ । विश्वका ६ महाद्वीपका ३१ देशबाट ४४ होटललाई छनौट गरिएकोमा नेपालबाट होटल मेघौली सराइ परेको हो । पत्रिकाले कुनै होटलकोे डिजाइन उत्कृष्ट छ भने कुनैको खानाको उत्कृष्टतामा आधारमा छनौट गरेको थियो । यसैगरी कुनै होटलको अति विशिष्ट स्थानमा रहेका आधारमा छनौट गरिएको थियो ।

meghauli

 

विश्वको उत्कृष्ट होटलको सुचीमा समावेश हुनु महत्वपूर्ण सम्मान भएको र यसले सिजी र नेपाललाई उत्कृष्ट हस्पिट्यालिटी सेवामार्फत विश्व मानचित्रमा स्थापित गराउन सहयोग गरेको चौधरी समूहका कार्यकारी निर्देशक तथा सिजी होटल्स एण्ड रिसोटर््सका प्रबन्ध निर्देशक राहुल चौधरीले बताए । ‘सिजी होटल्स एण्ड रिसोटर््सका विशिष्ट होटलहरु माल्दिभ्स, श्रीलंका, दुवई, फिलिपिन्स, चीन, इन्डोनेशिया, न्यूयोर्कलगायतका स्थानहरुमा रहेका छन्,’ उनले भने, ‘ताजसँगको साझेदारी हाम्रा लागि विशेष महत्वको छ र मेघौली सराइसहित नेपाल तथा भारतमा हाम्रा पाँच ताज सफारी लजहरु रहेका छन् ।’

मेघौली सराइ ट्राभल एण्ड लिजर सूचीमा परेसँगै विश्वभरका धेरै गुणस्तरीय पर्यटक नेपाल आउने विश्वास चौधरीको छ । मेघौली सराइ युनेस्को विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ । यहाँ आउने पाहुनाले अनुपम जैविक र वनस्पतीय विविधताको आनन्द लिन पाउँछन् । दुर्लभ एकसिँगे गैंडा, बंगाल टाइगर र घडियाल गोहीको संरक्षणका लागि यो निकुञ्ज परिचित छ । यहाँ ६८ प्रजातिका स्तनधारी जन्तु, ५ सय ४४ प्रजातिका चरा, १ सय २६ प्रजातिका माछा लगायतको जैविक विविधता रहेको छ । त्यस्तै यहाँ बीसहजारी तालको रामसार क्षेत्र पनि रहेको छ ।

ताज सफारी लजबाट गैंडा अवलोकन सजिलै गर्न सकिन्छ । हात्ती सफारी, निजी स्विमिङ्ग पुल (प्लन्ज पुल), अल्फ्रेस्को मसाज, थारु भोजन जस्ता विशेषता यसका पहिचान रहेको उक्त पत्रिकाले उल्लेख गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL