Logo

माल्दिभ्सले सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने, सरकारले यो वर्ष २० वटा नयाँ रिसोर्ट खोल्ने

माल्दिभ्सले सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने, सरकारले यो वर्ष २० वटा नयाँ रिसोर्ट खोल्ने



काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइझुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताएका छन् ।

laxmi

मुइझुुले सोमबार बिहान जारी १९ औं संसदको अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उक्त कुरा बताएका हुन् । राष्ट्रपति मुइझुुले वेलाना अन्तर्राष्ट्रिय विमानस्थल (भीआईए) को विस्तारले बर्षको मध्यसम्ममा औसतमा १०.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने बताए । मालदिभ्स सरकारले यस वर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टले दुई हजार ८२७ बेड निर्माण गर्ने बताए ।

विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइझुले बताए। माल्दिभ्सको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ मा माल्दिभ्समा १८ लाख भन्दा बढी विदेशी पर्यटक आएका छन् ।

माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा एक लाख ९२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL