Logo

सिटी होटलको संचालकमा तिलक कोइराला निर्वाचित, अधिकृत पुँजी ५ अर्ब पुर्याइयो

सिटी होटलको संचालकमा तिलक कोइराला निर्वाचित, अधिकृत पुँजी ५ अर्ब पुर्याइयो



काठमाडौं । सिटी होटल लिमिटेडको संचालकमा तिलक कोइराला निर्वाचित भएका छन् । कम्पनीको आज भएको आठौं साधारणभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट पूँजी बजार अभियन्ता कोइराला संचालकमा निर्वाचित भएका हुन् ।

laxmi

आज भएको निर्वाचनमा निर्वाचित कोइरालाले दुई लाख ५० हजार भन्दा बढी मतभार पाउँदा उनका प्रतिद्वन्दीले ४५० मत मात्र पाएका थिए ।

गत बर्ष सर्वसाधारणमा सेयर जारी गरेको होटलले पहिलोपल्ट सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकको निर्वाचन गरेको हो । साधारण सभाले अन्य प्रस्तावका साथै कम्पनीको अधिकृत पूँजी २ अर्बबाट बढाएर ५ अर्ब बनाउने प्रस्ताव पनि पारित गरेको छ ।

गोल्यान समुहको लगानीमा काठमाडौमा संचालनमा ल्याएको होटललाई हायात समुहले हायात प्यालेस ब्राण्डमा ब्वस्थापन सम्हालेको छ । होटल संचालक समितिका अध्यक्ष शक्तिकुमार गोल्यान छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL