Logo

इटहरीको ग्रान्ड सेन्ट्रल होटलमा भित्रियो ‘रमाडा’, स्पा लाउन्ज सहितको ८० कोठे तारे होटलको व्यवस्थापन सम्हाल्ने

इटहरीको ग्रान्ड सेन्ट्रल होटलमा भित्रियो ‘रमाडा’, स्पा लाउन्ज सहितको ८० कोठे तारे होटलको व्यवस्थापन सम्हाल्ने



काठमाडौं । ईटहरीमा संचालमा आउन लागेको ग्राण्ड सेन्ट्रल होटलको व्यवस्थापन रमाडा होटलले सम्हाल्ने भएको छ । आज एक कार्यक्रमबीच ग्राण्ड सेन्ट्रल होटल प्रालि र विंडहाम होटल्स एण्ड रिसोर्ट्सबीच रमाडा बाई विंडहामले सो होटलको फ्रेन्चाइजी सम्हाल्ने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सम्झौतामा ग्रान्ड सेन्ट्रल होटल प्रालिका अध्यक्ष देशबन्धु वस्नेत र विंडहाम होटल्स एण्ड रिसोर्ट्स, युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै इटहरीमा निर्माणाधिन उक्त होटल २०२४ सम्ममा संचालनमा ल्यार्इने अध्यक्ष वस्नेतले जानकारी दिए ।

पूर्वी नेपालको व्यापारिक केन्द्र इटहरीमा निर्माण भएरहेको उक्त होटलमा ८० वटा कोठा रहनेछन् । यसैगरी रेष्टँरा, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिंग पुल समेत उक्त होटलमा रहनेछ । यसैगरी विवाह तथा पार्टीका लागि ठूलो हल र सेमिना र तथा बैठकका लागि समेत छुट्टै कोठा उक्त होटलमा रहनेछ ।

भारतीय सीमा नाका नजिकै रहेको उक्त होटलले भारतीय पर्यटकलाई लक्षित गरिएको होटल व्यवस्थापन अध्यक्ष वस्नेतले जानकारी दिएका छन्। इटहरीले विराटनगरको प्रान्तीय राजधानी र भारतसँगको सिमानासम्म सहज पहुँच प्रदान गर्दछ ।
‘विंडहाम होटेल्स एण्ड रिसोर्ट्स विश्वकै ठूलो होटेल फ्रेन्चाइजिङ कम्पनी हो,’ वस्नेतले भने, ‘उक्त होटलसँग आवद्ध हुँदा नेपालमा विदेशी पर्यटक भित्र्याएर विदेशी मुद्रा आर्जन गर्न ठूलो सहयोग पुग्नेछ ।’

साथै रमाडाको संचालकहरुका व्यवसाय गर्ने शैली र मैत्रीपूर्ण स्वभावका कारण साझेदारी गरिएको र आगामी दिनमा एउटा होटलमा मात्र नभई आफुहरुले निर्माण गर्ने अन्य ठूला होटल परियोजनाहरूका लागि पनि साझेदारीको लागि तत्पर रहेको बताए ।

विंडहाम होटल्स एण्ड रिसोर्ट्स, युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माले आफ्नो मिडस्केल रमाडा विंडहामलाई ग्राण्ड सेन्ट्रलसँग सहकार्य गरेर नेपाल भित्र्याउन पाउँदा खुसी भएको बताए । साथै उनले नेपालमा आफ्नो उपस्थितीलाई थप बलियो बनाएर अघि बढ्ने बताए ।

‘विंडहाम होटल्स एण्ड रिसोर्ट्सका लागि नेपाल प्रमुख बजार हो र हामी काठमाडौं बाहिर नेपालका मुख्य मुख्य सहरहरूमा विस्तार गर्न पाउँदा खुसी छौं,’ उनले भने, ‘पछिल्लो समय नेपालमा हस्पिटालिटी क्षेत्रमा एग्रेसिभ रुपमा अघि बढिरहनु भएका देशबन्धु बस्नेतसँगको हाम्रो साझेदारी एकदमै महत्वपूर्ण छ भने हाम्रा पाहुनाहरूलाई रमाडामार्फत यस सुन्दर सम्पत्तीमा स्वागत गर्दछौ ।’

उक्त होटल संचालनमा आएसँगै सो क्षेत्रका १ सयभन्दा बढी स्थानीयले रोजगारी पाउने छन् भने रमाडामार्फत विदेशी पर्यटक भित्र्याएर विदेशी मुद्रा भित्र्याउन समेत ठूलो सहयोग पुग्ने संचालकको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL